१० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं। नेपाली बजारमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ ब्रान्डको वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको ईभी नेपाल मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा अफर उपलब्ध गराएको छ।
यस अनुसार लेभ्निङ ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कुटर किन्दा शुरुमा १० हजार रुपैयाँ बुझाएर त्यसै अनुसार बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिने छ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट मानिन्छ । यो बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन हो।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ। स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ।
नेपाली बजारमा उपलब्ध वुलिङ एयर ईभी २०० किमी र ३०० किमी रेन्जमा पाउन सकिन्छ। यसरी किन्दा यसको मूल्यमा १ लाख ५० हजार रुपैयाँ छुट समेत उपलब्ध गराइएको छ।
यी दुई मोडलको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ ।
ईभी नेपाल मोटर्स नेपालमा लामो समय देखि प्रतिष्ठित रहदै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी हो । नेपालभर २२ स्थानमा रहेका शोरुमबाट ग्राहकले आवश्यक सेवा सुविधा लिन सक्ने छन्।
Facebook Comment