नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो।
आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९ हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रो समूह १।३१, माइक्रोफाइनान्स १।१६ र अन्य समुह १।०७ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ। आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ।
Facebook Comment