युवा र कृषकलाई बेवास्ता गर्दै नेताहरु सत्ताको रस्साकस्सीमा
नेपाली जनता अझैपनि कृषि उत्पादनमा सरकारले जोड दिएर यसलाई बजारीकरण गर्न मद्दत गरेमा जनताको जीवनस्तर उठ्ने थियो भन्ने चाहनामा छन्। देश खाद्यमा आत्मनिर्भर हुनसके देशको ब्यापार घाटा धेरै कम हुन सक्ने थियो।
बिद्यार्थी गुणस्तरीय शिक्षा नेपालमै भए स्वदेशमा बसी घरको खाना खाएर आफ्नै देशमा अध्ययन गर्ने चाहना गर्छन्। शिक्षित र अर्ध शिक्षित बेरोजगार युवाहरु देशमै केही ब्यबसाय गरेर परिवार पाल्न पाए स्वदेशमै बस्ने प्रवल इच्छा ब्यक्त गरिरहन्छन्।
उता माधव नेपाल फेरि पनि भर्खरै बनेको गठजोड बदल्न शेरबहादुर देउवासँग साँठगाँठ गर्दैछन्। देशलाई अरुको इशारामा अस्थिर बनाएर बिदेशीको क्रिडास्थल बनाउन तम्सी रहेका छन्। अरुण-३ भाँडेका माधब नेपालले राष्ट्रघाती महाकाली सन्धी पास गराउन पार्टी फोड्न पनि तयार भए।
नेकपाको पूर्ण बहुमतको सरकार फुटाउन प्रचण्डको गोटी बनेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउन आफ्नो भइरहेको बहुमतको सरकारसहितको एमाले फुटाए।
यदि मदन भण्डारी बाँचिरहेको भए माकुनेको रजगज यसरी बढ्ने थिएन। उनलाई लगाम लगाउने ब्यक्ति मदन भण्डारी मारिएपछि उनी लगातार १७ वर्ष एमालेको महासचिब हुनु रहस्यमय छ।
अहिले लगातार सत्तामा बस्न र सांसद नहुँदा पनि बिदेशीको निगाहमा प्रधानमन्त्री हुनसक्ने माधव नेपाल कतै मदन भण्डारीको हत्यामा उमेश गिरीले अन्तर्वार्तामा भनेजस्तै गिरिजाप्रसाद कोइरालाको साथमा संलग्नता भएका थिएनन् भन्ने शंका उठाइन थालेको छ।
हुन त गिरिजा र माधव नेपालले मात्र यो डरलाग्दो काण्डमा संभव नभए पनि अबस्य पनि “र” र सिआइएको संलग्नता पनि हुनसक्छ। त्यही भएर यसको छानविनलाई कुनैपनि आयोगले निक्र्यौलमा पुर्याउन नसक्नु मदन भण्डारीको मृत्यु अझैपनि रहस्यमय देखिन्छ।
जसरी एमसीसी पास गराउन काँग्रेस कम्युनिष्ट एक भए यसबाट पनि साम्राज्यबादी अमेरिका भनिए पनि उसैको दास बनिसकेका कम्युनिष्टहरु आज जनतालाई पीडा माथि पीडा दिन सबै एक भएका देखिन्छन्।
युवाहरुको नयाँ दल स्वतन्त्र दलका नेता रवि लामिछानेको छवि आज गिर्दो अबस्थामा छ। सत्तामा पुगेपछि लोकप्रियता कमाउन भाषणमा मात्र बोलेर हुँदैन जनहितमा ठोस कार्य गर्नुपर्छ।
अहिले कमसेकम शिक्षक, कर्मचारीलाई राजनीतिमा लाग्न पूरा तवरले बन्द गरिनु पर्छ। अर्थात् शिक्षक र कर्मचारीका ट्रेड युनियन अनिबार्यरुपमा बन्द गराइनु पर्छ। बिद्यार्थीलाई राजनीति गरेर शिक्षण संस्थामा पस्न नपाइने कढा नीति लिन यो सरकारलाई दवाव दिन रवि लामिछाने किन सक्तैनन्?
अझैपनि यहि संबिधानको ब्यबस्थाबाट देश बिकास गर्न सकिन्छ भन्ने अपत्यारिलो सिद्धान्त किन स्वतन्त्र दलले लिँदैछ? प्रदेश सरकार जस्तो निकम्मा सेता हात्ती राख्न किन स्वतन्त्र दल तयार भएको छ?
दुर्गा प्रसाईंले भने जस्तो लघु बित्त पीडित गरिब किसानको २० लाख सम्मको ऋण मिनाह गरेर गरिब नेपालीको उद्धार गर्न किन लोकप्रिय दलका नेता अघि बढ्दैनन्?
अझैपनि खाडी मुलुकहरुमा मारिएका हाम्रा होनहार युवाहरुको लास पाउँदा उनीहरुको परिवार खुसी हुनु पर्ने अबस्था किन आइरहेको छ? यसतर्फ सम्बन्धित निकायहरुले कहिल्यै सोचबिचार गरेनन्।
ठूला मारवाडीलगायतका ब्यापारीले नतिरेको अरबौंको बिजिुलीको बिल तिराउन किन पहल लिँदैनन् गृहमन्त्रीले? कि स्वतन्त्र दल पनि उनै तस्कर ब्यापारीको चन्दाबाट चलाइएको हो?
युवाहरुको साथ पाएर छोटो समयमा नेतृत्वमा पुगेको रबि लामिछानेको दलले बिदेशीएका युवालाई स्वदेशमा रोजगार दिने गरि फर्काउने कार्यक्रम प्रस्तुत गर्नु पर्थ्याे। तर जनताको आसमा सबै दलहरुले निरास पारेपछि अहिले दुर्गा प्रसाईंको भनाइ जनताको मन छुने भएको छ।
त्यही भएर दुर्गा प्रसाईंको भाषण सुन्न गरिब पीडित जनताहरु उन्को शरणमा आइरहेका छन्। त्यही भएर जनतको आवाज बेवास्ता गर्दै सत्तासिनहरु अझैपनि गठजोड बदल्न र सत्ताको तर मार्नमा मात्र ब्यस्त भइरहने हो भने दुर्गा प्रसाईंको एक इसारामा जनताको भेलले यी भ्रष्ट नेताहरुलाई बगाउन सक्छ।
त्यसैले जनताको आक्रोशलाई मत्थर पार्न पनि कृषकको तरकारी फलफूल सजिलै बजारमा पु¥याउने ब्यबस्था गर्ने बिदेशी तरकारी र फलफूलको आयतलाई पुरातवरमा बन्द गरिनु पर्छ।
निकट भविष्यमा हुने लगानी सम्मेलनमा कृषि सम्बन्धि ठूला आयोजनाहरु प्रस्ताव गर्न आबश्यक छ। यसका लागि कृषि मल कारखाना, सबै स्थानीय निकायमा कमसेकम एउटा कोल्ड स्टोरज निर्माण गर्ने आयोजना पेस गर्न आबश्यक छ।
त्यस्तै गरेर बाँझा खेतबारिमा सिचाइँ पुर्याउन सबै नदी खोला तथा मुलहरुबाट बिभिन्न तरिकाबाट सिचाइँका आयोजनाहरु अघि बढाइनु पर्छ। त्यस्तै गरेर दुर्गम जिल्लाहरुमा जान सडक भन्दा रोप वे, केवलकारलाई महत्व दिएर कार्यक्रमहरु अघि बढाइनु पर्छ।
यस्ता बिद्युतीय यातायातका साधन सडक भन्दा कम जोखिमयुक्त हुन्छन्। जलाशय युक्त जलबिद्युत आयोजनालाई प्राथमिकतामा राखेर सरकारले योजनाहरु शिघ्र ल्याउनु पर्छ। ठूला भ्रष्टहरुलाई धमाधम कारबाही अघि बढाउन अत्यन्त आबश्यक छ।
अत्यन्त महत्वपूर्ण बिषय सरकारले हिम्मत गरेर भएपनि खुला सिमाना नियन्त्रण गर्न बलियोसँग तारको बार लगाउन भारतलाई प्रस्ताव गरियोस्। अन्यथा हाम्रोतर्फ भएपनि काँटेदार तार लगाउन थालियोस्। यसबाट अरबौं राजस्व चुहावट रोकिनेछ।
भारतले पाकिस्तान बंगलादेशसँग सिमानामा मजबुत बार लगाइसकेको छ। बर्मासँग पनि बलियोसँग सिमानामा बार लगाउँदैछ। उसले नेपालसँग किन खुला सिमाना राख्न चाहन्छ? यसलाई बुझ्न सचेत नागरिक अघि बढ्नु पर्छ।
प्रतक्ष्य हेर्दा यसबाट न उसलाई फाइदा छ न हामीलाई। तर भारतको नियतमा खोट हुनसक्छ। किनकि भारत नेपाललाई भुटान जस्तो बनाउन प्रयास गरिरहन्छ। खुला सिमाना दुबै देशको सुरक्षामा खतरा छ।
नक्कली नोठको कारोबार, हतियार र बिष्फोटक पदार्थ तथा चोरी पैठारी हुने तथा अत्यधिक सामान यसै खुला सिमानाबाट आउने गर्दछ। त्यसैले यस बिषयमा राष्ट्रबादी दल भनिएका दलहरुले गम्बिर भएर आवाज उठाउनु ढिला भइसकेको छ।
त्यसैले सत्तामा अन्धो भएर लागेका प्रचण्ड, केपी ओली, शेरबहादुर तथा माधव नेपालहरु बेलैमा आँखा खोल्नुहोस्। अब भारतीय निर्बाचन पछि आउने मोदीको सरकारले शायद नेपालमा केही हस्तक्षेप गर्न सक्छ। त्यो बिषय नेपालमा धर्म निरपेक्ष हटाउन पनि हुनसक्छ। या सत्ता परिबर्तन गर्न पनि हुनसक्छ।
त्यसैले बेलैमा होस् पु¥याउनु होस्। भोका ब्वाँसा जस्तो मरेको बाख्राको लागि झगडा गरेजस्तो सत्ताको सिनोमा टाँसिने मात्र होइन जनताको आवाज र पीडाको कदर गर्नुहोस्। उप निर्वाचनको एक सिटले कसैलाई फरक पर्दैन।
त्यसैले उपनिर्बाचनमा होइन युवाहरुलाई स्वदेशमा रोकेर राख्ने र बिदेशीएका युवाहरुलाई स्वदेशमा फिर्ता ल्याउने ठोस योजना प्रस्तुत गर्नुहोस्। नत्र गाउँ शहर अनि देश खाली हुँदैछ। अनि भविष्यमा बिदेशीले परेड खेल्ने दिन नआवस्। जसरी अहिलेनै अमेरिकी फौजको सानो टुकडीले बुढानिलकण्ठको एउटा स्कुलमा नमुना देखाइ सकेको छ।
Facebook Comment