देउता र राजा मान्ने राप्रपाका उमेदवारलाई मतदान गर्न प्रवक्ता श्रेष्ठको आग्रह

डिसी नेपाल
९ वैशाख २०८१ १०:३६

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देउता र राजा मान्ने राप्रपाको उम्मेदवारलाई भोट लिन आग्रह गरेका छन्।

यही बैशाख १५ गते हुने उपनिर्वाचनमा देवता र राजा मान्ने राप्रपाका उम्मेदवारलाई मत दिन श्रेष्ठले आग्रह गरेका हुन्। उनले नेपाली जनसंख्याको ठूलो हिस्सा देउता र राजा मान्ने गरेको उल्लेख गर्दै देउता मान्ने र राजा मान्ने पार्टी नेपालमा राप्रपा मात्रै भएको दाबीसमेत गरेका छन्।

‘इलाम र बझाङमा राप्रपाका उमेदवारहरु उपनिर्वाचनको चुनावी मैदानमा छन्। देउता र राजा मान्ने मतदाताले चुनावमा अरुलाई मत दिने र त्यसपछि हिन्दुराष्ट्र, राजसंस्था त चाहिन्छ भन्ने विगतको गल्ती यसपटक इलाम र बझाङले दोहोऱ्याउने छैन। इलाम र बझाङले नयाँ सन्देश दिनेछ, दिनुपर्छ,’ उनले भनेका छन्।

इलाममा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा राप्रपाका उमेदवारलक्ष्मी गुरुङलाई र बझाङमा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राप्रपाका उमेदवार किशोर खड्का चुनावी मैदानमा छन्। उनले ढिलोचाँडो अवस्था र व्यवस्था बदल्ने हो भन्दै अवस्था र व्यवस्था बदल्न सम्भव रहेको पनि बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *