वेस्ट बैंकमा १० चरमपन्थी मारिए : इजरायली सेना

डिसी नेपाल
९ वैशाख २०८१ १३:००

काठमाडौं । इजरायली सैनिक र प्यालेस्टाइनी लडाकूहरूबीच वेस्ट बैंकको नूर-शाम्स शरणार्थी शिविरमा लगातार दोस्रो दिन पनि गोली हानाहान जारी छ।

इजरायली सेनाका अनुसार यस गोलीबारीमा धेरै व्यक्तिको मृत्यु भएको बताइएको छ, जसमध्ये १० चरमपन्थी छन्।

प्यालेस्टिनी स्रोतका अनुसार एक बालक सहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यस अवधिमा कम्तीमा चार इजरायली सैनिक पनि घाइते भएको बताइएको छ।

यसअघि इराकी सेनाले बग्दादको दक्षिणी भागमा रहेको एउटा बेसमा भएको ठूलो विस्फोटमा इरान समर्थक मिलिशियाका एक सदस्यको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताएको थियो ।

इरान समर्थित चरमपन्थी समूह पपुलर मोबिलाइजेसन फोर्सेसले आफैंले उक्त विष्फोट आक्रमणको परिणाम भएको बताएको छ । इजरायल र इरानबीच तनाव उत्कर्षमा रहेको बेला यो विस्फोट भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *