दक्षिण कोरियाले युक्रेनलाई कम ब्याजमा दुई अर्ब डलर ऋण दिने

डिसी नेपाल
१० वैशाख २०८१ ११:४४

काठमाडौं । दक्षिण कोरियाले युक्रेनलाई आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने बताएको छ । फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेन विनाशकारी युद्धमा फसेको छ।

रुसले आक्रमण गरेदेखि नै दक्षिण कोरियाले युक्रेनलाई समर्थन गर्दै आएको छ । रुसमाथि प्रतिबन्ध लगाउनुका साथै दक्षिण कोरियाले युद्धपछि युक्रेनलाई मानवीय सहायता पनि उपलब्ध गराउँदै आएको छ ।

दुई वर्षदेखि चलेको यो युद्धले युक्रेनमा ठूलो क्षति पुर्याएको छ । युक्रेनका धेरै महत्वपूर्ण सहर रुसको नियन्त्रणमा आएका छन् । यसबाहेक रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ ।

अर्कोतर्फ युक्रेनमा चलिरहेको युद्धलाई आफ्नो विशेष सैन्य अपरेशन भनेको रुसले पनि यसको ठूलो मूल्य चुकाउनु परेको छ ।

बीबीसीको रिपोर्ट अनुसार युद्धमा अहिलेसम्म ५० हजारभन्दा बढी रुसी सैनिक मारिएका छन् । तर, वास्तविक संख्या यो भन्दा धेरै हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *