‘कल्की २८९८ एडी’ मा अमिताभ बच्चनको फर्स्टलुक रिलिज, युवा देखेर फ्यानहरू चकित
काठमाडौं । बलिउडका मेगास्टार अमिताभ बच्चन ८० वर्षको उमेरमा पनि आफ्ना फ्यानहरूलाई यसरी चकित पारिरहेका छन् जुन धेरै नयाँ कलाकारले पनि गर्न सक्दैनन् । यो वर्षकै ठूलो चलचित्र मानिएको ‘कल्की २८९८ एडी’ को नयाँ टिजर भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा अमिताभको चरित्र र फिल्ममा उनको फर्स्ट लुक सार्वजनिक गरिएको छ । यो भिडियो हेरेपछि फ्यानहरी चकित छन्। भिडियोमा अमिताभको एक युवा अवतार पनि देखिएको छ, जसलाई देखेर सर्वसाधारण चकित छन् ।
मेकर्सले फिल्मको नयाँ फुटेज सेयर गरेका छन्, जसको नाम ‘इन्ट्रोड्युसिङ अश्वत्थामा’ राखिएको छ । भिडियोमा अमिताभको चरित्र पुरानो मन्दिरमा देखिएको छ । यो कुनै पुरानो मन्दिर हो जहाँ एक बालक आएर सोध्छन् ‘तिमी को हौ ?” अमिताभले उनलाई आफू यो धर्तीमा धेरै शताब्दीयौंदेखि रहेको बताइरहेका छन्।
यहाँ अमिताभको अनुहारमा पट्टी लगाइएको छ र माटो लागेको छ। उनको दाह्री पनि निकै लामो छ । भिडियोको बिचमा उनको युवावस्थाको एउटा सानो अंश पनि देख्न सकिन्छ, जसमा अमिताभ बच्चन ठ्याक्कै त्यस्तै देखिन्छन् जस्तो हामीले उनको पुराना फिल्महरूमा देखेका छौं।
भिडियोमा अमिताभमाथि हमला गरी गोली हानिन्छ तर उनलाई केही हुँदैन, त्यसैले यो सानो बच्चा उनको रहस्य जान्न चाहन्छ । आफ्नो जिज्ञासामा उनले एकछिनमा भन्छन्, ‘के तपाईं भगवान हुनुहुन्छ?’
यो सुनेर अमिताभको चरित्र हाँस्छ र त्यसपछि खुलासा गर्छ, ‘मेरो समय आयो, मेरो अन्तिम युद्धको समय आयो।’ अमिताभले उनी द्वापरयुगदेखि दशावतारको प्रतीक्षामा रहेको र उनी ‘गुरु द्रोणाचार्यका छोरा अश्वत्थामा’ भएको बताउँछन् ।
वास्तवमा यो दृश्यका लागि टेक्नोलोजीको सहयोगमा अमिताभलाई ‘डि-एज्ड’ अर्थात् उमेर घटाइएको छ । यसमा कमेन्ट गर्दै एक फ्यानले लेखे, ‘यो डिएज्ड अमिताभ बच्चन हो कि अभिषेक बच्चन?’ जबकि एक प्रयोगकर्ताले भने, ‘यो भीएफएक्स सहि तरिकाले प्रयोग गर्ने उदाहरण हो। अमिताभ बच्चन सरको जवान लुक देखेर म छक्क परें । अमिताभको युवा लुक देखेर एक प्रयोगकर्ताले ‘कल्की २८९८ एडी’का निर्देशक नाग अश्विनको तारिफ गर्दै भने, ‘ग्रेट वर्क अन्ना।’
Facebook Comment