साँखुमा बज्रयोगिनी जात्रा सुरु (तस्वीर)
काठमाडाैं। साँखुमा बज्रयोगिनी जात्रा मंगलबार सुरु भएकाे छ। आठ दिनसम्म मनाइने यो जात्रा हरेक बर्ष चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्छ।
साँखु बस्तीबाट २ किलोमीटर माथि रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी देउतालाई ठूलो ३६ जनाले बोक्ने खाटमा राखेर, भर्याङ ओह्रालेर साँखु बस्तीमा ल्याइ ८ दिनसम्म भिभिन्न स्थानमा परिक्रमा गराउने र फिर्ता लगेर मन्दिरमा पुनस्थापना गर्ने चलन रहेको छ।
बज्रयोगिनीको मूर्तिसँगै स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई पनि खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ।
प्रतिक्रिया
Facebook Comment