‘सतीदेवी’ बाट पुलकीत मलिका
काठमाडौं। पछिल्लो सायम ‘सतीदेवी’ फिल्मबाट चर्चाको शिखरमा रहेकी अभिनेत्री मलिका महतले यही फिल्मबाट हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण फिल्म फेस्टिभवमा सर्वोत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड प्राप्त गरिन्।
उनले अभिनय यात्रामा पहिलो पटक जितेको अवार्डको खुशी समाजीक संजालहरुमा शेयर गरेकी छिन्।
०७५ सालमा ‘यात्रा’ फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेकी मलिकाले त्यसपछि ‘पानी फोटो’ र ‘अगस्त्य’ फिल्ममा अभिनय गरेकी छिन्। प्रदर्शनको हिसावले ‘सतीदेवी’ उनको चौथो फिल्म हुँदैछ।
निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘सतीदेवी’ मा उनले गरेको अभिनयको सर्वत्र तारिफ हुने गरेको छ। सेन्सर,बिशेष शो तथा फेस्टिभवलमा फिल्म हेरेका सबैले उनको खुलेर तारिफ गर्ने गरेका छन्। गत मंसिर पहिलो साता फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक भएपछि उनको चर्चा एकाएक चुलीरहेको हो।
पोस्टरमा मलिका गालामा कालो मोसो र गलामा जुत्ताको माला लगाएर गाउँलेहरुबाट भागीरहेकी छिन्। रातो कुर्था पहिरिएकी उनको आँखामा आँशु छचल्किरहेको देखिन्छ।
लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको ‘सतीदेवी’ ले गत माघ तेश्रो साता सौराहमा आयोजीत सौराह दक्षिण एशियाली फिल्म फेस्टिभवलमा सर्वोत्कृष्ट फिल्म र बरिष्ट निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिब रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो भने तेश्रो ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट लेखन र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जित्न सफल भयो।
कार्यब्यस्तताका कारण ग्रामिण फेष्टिभलमा सहभागी हुन नसकेकी मलिकालाई निर्देशक सुवेदीले उनले जितेको अवार्ड सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा हस्तान्तरण गरेका थिए। मलिकाले मंगलबार आफूले अवार्ड जितेको खुशी साट्दै सामाजिक संजालहरुमा पोस्ट गरेकी थिइन्।
उनको पोस्टले उनी अवार्ड जित्दा निकै खुशी भएको जनाउँछ। उनको स्टाटस यस्तो छ-‘तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सव-०८० मा ‘सतीदेवी’ चलचित्रबाट बेष्ट एक्टर जुरी मेन्सन अवार्ड जित्न सफल भएकी छु। एक्टिङ करिअरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला,प्रेरणा र उर्जा थपेको महसुस गरेकी छु। मलाई ‘सतीदेवी’ को शीर्ष भूमिकामा चयन गरि निकै मिहीनेत र स्वतन्त्रताका साथ अभिनय गराउनु भएका आदरणीय मल्टि ट्यालेन्ट लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदी सर ,‘सतीदेवी’ का सम्पूर्ण सहकर्मी कलाकार,प्राबिधिक टिम,अवार्ड आयोजक सेलिब्रेटी नेपाल तथा जुरी टिम अनि मेरा सम्पूर्ण दर्शक,शुभचिन्तकप्रति हार्दिक आभार ब्यक्त गर्दछु।’
स्टाटसमा उनले निर्देशक सुवेदीलाई मल्टिट्यालेन्ट निर्देशक भन्दै उनको कामको तारिफ गरेकी छिन्। मलिकाले ‘सतीदेवी’ आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ हुने बिश्वास गरेकी छिन् । निर्देशक सुवेदीले ‘सतीदेवी’ को प्रदर्शन मिति केही दिनमै तोकिने बताएका छन्।
फिल्ममा मलिकाका साथमा कुलबहादुर अधिकारी,सृजना अधिकारी,हर्षिका वली,मञ्जिा बानीयाँ,रमेश बुढाथोकी,भोला सापकोटा,सन्दिपबाबु लोहनी,सन्देश लिम्बू,सुजिता शिवाकोटीलगायतका कलाकारले अभिनय गरेका छन्।
Facebook Comment