कविता : नेता र नेतृत्व
नेताको खोजमा अहिले यो नेपाल रहेको छ
विश्व मानचित्रमा यसको बत्ति निभेको छ
देशको बिकास कहिले हुन्छ यो नेपालमा
यही देश राम्रो थियो हाम्रै त्यो उमेरमा
सानो देश यो सानो विश्वमा बिन्दु झैं बनी
यही सानो नेपाल फेरि प्रकिृतिमा धनी गनी
नेता सबको हुन्छ देशलाई डोहोर्याउने
नेतृत्व सबको हुन्छ देश अगाडि बढाउने
राजनीति भयो हाम्रो देशमा अधोगति
सबै नेता बने हाम्रो सबै सबै करोडपति
नेता नेपालमा छैनन् छ भेष पस्चिमेलीको
फुटदैनन् नेपालीको बोली फुटेफुट्छ बिदेशीको
सुरा सुन्दरीको बीच रमेका छन् मनभरी
पैसा शक्तिको पोज खोलेका छन् सधैं भरी
सबै नेता डुबेका छन् अनेक काण्डमा परी
नेतृत्व छैन यो देशमा रटेका छन सुगासरी
बिहानीको उज्यालोदेखि कलहको सुरु भई
बसेका छन् सबैनेता एक आपसमा मुर्मुरिइ
जोशीला पोटीला छैनन् कोही मनैदेखि रमाउने
भरपर्दा कोही छैनन् सधैंभरी अघाउने
खुम्चियो देशको अर्थ बेलगाम भयो गति
नेताहरु बने देशमा कमाइ धन सम्पत्ति
बिचरा सोझा जनता नेताकै एक त्रासमा
रोईरोई बसेका छन् फोस्रा उनको आशमा
नेताको सोच सप्रिए देशको हुन्छ बिकास
नेताकै मति बिग्रिए हुन्छ यसको बिनास
टाई सुटमा नेता अगाडि टल्ल टल्किने
बिकासको भाषण गर्दा जहिले पनि झर्किने
निभेको आगोको भुंग्रो राजनीति भयो सराप
भुंग्रोबाट निस्केको रापले देश बन्यो सखाप
आगो रातको ज्वाला त्यो सधैंभरि दन्किने
नेताको झर्किने बानी सधैं सधैं उ रन्किने
सादा जीवनको भेष नेतामा हुने गुण
छैन है कोही कससैको जो नेता छन् यहाँ सुन
भाषण ठोकने सबैनेता काटी रिवन द्वारको
बसेका छन् ठूला नेता आफ्नै रुष्ट बिचारको
सक्दैनन् यिनले गर्न देश उँभो बिकासको
छैन यिनको शक्ति जाम खोली निकासको
व्यवस्था रोगको होइन, रोग हो नेतृत्वको
कसैले बोक्न सक्तैनन् छैन जवाफ कसैको
देश रोइ बसेको छ नेताको खोजीमा सधैं
खोज्छु नेपालमा कोही छन् कि भनी सधैं सधैं
बत्ति बालेर खोज्छु म दिउँसै दिनमा पनि
भेटिन्नन् कोही नेता खोइ कुनै रातमा पनि
पण्डित ज्ञानको छैनन् नेताजत्ति यो देशमा
लोभको मोहमा फस्दै हिँड्दै छन् छद्म भेषमा
जत्ति जोगी आएपनि कानफट्टा सबै बने
शिवको भेषमा सबै नेता जोगी बनी हिँडे
खोज्दछु नियति त्यो नेताको मनमा सधैं
तर बोलीको भाषा फेरिन्न कहिलै कुनै
धिक्कार यो देशका नेता सधैं रोई कराउने
यसैको संगीतमा गाइ फेरि विश्व हसाउँने
समयको गति बित्दैछ यसैगरी सधैं सधै
संकटमा देश जानेछ यसै गरे सधैं सधैं
संकटमा देश जानेछ यसै गरे सधैं सधैं
Facebook Comment