नेपालको विकासमा कांग्रेस र बाम पार्टी नै बाधक

शंकरप्रसाद रिजाल
२१ वैशाख २०८१ ७:५६

नेपालको प्रजातान्तिक आन्दोलनमा २००७ सालदेखि सत्तामा एकाधिकार जमाउँदै आएको प्रजातान्त्रिक कांग्रेस पार्टी सर्वाधिक सरकारमा बसेको सर्वविदितै छ।

पञ्चायती व्यवस्थामा २०१७ सालदेखि सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट, नगेन्द्र प्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, डा.तुलसी गिरी, मरिचमान सिंह, जस्ता व्यक्ति प्रधानमन्त्री पदमा रही देशलाई राम्ररी समालेर देशलाई छिमेकी मुलुकहरु चीन, भारत र अन्य अन्तर्राष्ट्रिय जगतका मुलुकमा निक्कै राम्रो छवि बनाई देश भित्र पनि राजाको उच्च नेतृत्वमा बिभिन्न राम्रा कामहरु बिस्तारै भइ रहेका थिए।

देशमा त्यसताका राजनैतिक अस्थिरता, आर्थिक अस्थिरता, धार्मिक दबाव र सामाजिक मतभेदको कुनै त्यस्तो भयभित स्थिति थिएन। तर २०१७ सालभन्दा अगाडिको १० वर्ष र २०४६ सालपछिका सबै समयमा प्रजातान्त्रिक र कम्युनिष्ट पार्टीहरुले नै देशको शासन सत्ता सञ्चालन गरेका छन्।

२००७ सालमा प्रजातन्त्र आए पश्चात सबैभन्दा पहिला कांग्रेसकै प्रथम प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला बनेका थिए। त्यसपछि टंकप्रसाद आचार्य बने। बिचमा थोरै समयको लागि डाक्टर के.आई सिंह बन्न पुगे। पछि फेरि सुबर्ण शमशेर जबरा र बिपी कोइराला प्रधानमन्त्री बनेका थिए।

तर यी प्रधानमन्त्रीहरुले देशमा खासै केही नेपालको उन्नति र बिकासको रुपरेखा र संरचना निर्माण गर्न नसकेको र अत्त्याधिक भारतमुखी भइ शासन गर्न लागेकोले राजा महेन्द्रलाई असैह्य भइ देसबासीको नाममा देशको परिश्थितिको दृश्य सम्बोधन गर्दै २०१७ सालमा आफ्नो हातमा लिइ नेपालको माटो सुहाउँदो शासन गरेका थिए।

केवल २०१७ देखि २०२८ वर्ष जम्मा १० वर्षको छोटो अबधिमा संसारमा नेपालको नाम चिनाउने काम गरे। उनको त्यो योगदान इतिहासको पानामा अजर र अमर रहेकै छ। राजा महेन्द्रको निधनपछि उनकै छोरा राजा भए जो निकै शिक्षित, शालीन र बिबेकी थिए।

देशलाई खाडलमा हाल्ने काम उनले कहिल्यै गरेनन्। संसारको अगाडि शिर ठाडो पारेर आफ्नो देशको माग राख्ने गर्थे। देशको अहित हुने कुरामा उनी कतै सम्झौता गर्दैनथे। तर दरबारका चाकडीबाज कर्मचारीको अत्यधिक चम्चागिरीले उनलाई दरबार भित्रै करिव कविर अन्जान बनाइ रहेका हुन्थे।

तैपनि नेपाललाई विश्वको अगाडि शान्ति क्षेत्रको माग गर्न पछि परेनन्। ०३६सालको जनमत गराउन पछि परेनन्। त्यस्तै ०४६ सालमा आफू संबिधान अन्तर्गत रहन पनि पछि परेनन् र देशमा भारतीय नागरिकलाई नागरिकता दिने कुरामा खुरुक्क कहिल्यै सही गरेनन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको इज्जÞत कायम गर्न सफल राजा थिए। तर २०४६ साल पछि उही कांग्रेस र बाम पार्टीको दिल र दिमागमा एक्कासि भुत प्रवेश गरी कसैको बहकाउमा यी दुवै पुराना पार्टी राजाको बिरोध गर्दै हिँड्न थाले।

उताराजा र राजसस्थानै फाल्न अकस्मात बिदेशीको उक्सावटमा देश भित्र नै एक जमातलाई समाती बिदेशीले आफ्नो हात बढाइ माओबादीको शसस्त्र बिद्रोहको थालनी भयो।

विश्वमा एकमात्र हिन्दु राष्ट्र भएको देशलाई सुटुक्क धर्म निरपेक्ष राज्य बनाइ देशको पहिचानलाई धुजाधुजा गरी इतिहासको पाना च्यात्ने काम अरुले गरेपनि कांग्रेसले किमार्थ गर्नु हुने थिएन। यसले गर्दा आज देशले पछुताउनु परेको छ। के हेर्‍यो र के गर्‍यो कांग्रेसले भन्दा आज राम्रो केही पनि गरेको देखिँदैन।

त्यसपछि देशमा अनिष्टको सुरुवात भयो। हजारौं निहत्था जनता मारिए। हजारौं गोली लागि अपांग बने। सारा गोलीगठ्ठा भारतले सहयोग गर्न पछि परेन। तर हाम्रो देशका पुराना पार्टीका नेताहरु सबै मुकदर्शक बनी उनैलाई भित्र भित्र सघाउन थाले। पार्टीहरु निरिह बनेर संघर्र्षलाई निरन्तरता दिँदै गए र देश विद्रोहको द्वन्द्वमा भासिन पुग्यो।

सबैका सहयोग र आर्शीवाद पाएपछि माओबादी मोर्चा पार्टीमा परिणत भइ देशनै कब्जा गर्ने स्थितिमा उभिन पुग्यो। ठूला र पुराना भनाउँदा मुख्य दुई कांग्रेस र एमाले पार्टीहरुले आफ्नो सिद्धान्त र इमान्दारितालाई फालेर आफ्नो मनखुसी गर्न थाले। आखिर दिल्लीमा भएको १२ बुँदे समझदारीमा टेकेर देशमा बिदेशीको इशारामा शासन सत्ता चलाउन थाले।

सबै पुराना नेता पटक पटक प्रधानमन्त्री बनेर आफ्नो इच्छा मात्र पूरा गरी राज गर्ने समयले प्रवेश पायो। देसका ठूला पार्टीको चरम निरीहताले नयाँ माओबादी पार्टीले सत्तामा राज जमाउन सुरु ग¥यो र आखिर यही पार्टी देशको मेरुदण्ड बन्न पुग्यो।

२०६२-०६३ पछि बिस्तारै पार्टी पछि पर्दै हेर्दा हेर्दै ओझेलमा पर्न गए। आन्दोलनका माहनायक प्रचण्ड र बाबुराम भट्टराई देशको प्रधानमन्त्री बने। बिदेशी हस्तक्षेप मुलुकमा हावी हुँदै गयो। पछि देशले बिकास गर्नु पर्नेमा हेर्दा हेर्दै गणतन्त्र आएको २० वर्षको लामा समयावधिमा देशका सारा अंगहरु बिस्तारै शिथिल र कमजोर बन्दै गए।

काग्रेसका प्रख्यात नेता बिपी कोइराला र कृष्णप्रसाद भट्टराई जसले राजतन्त्रलाई सधैं काँधमा बोकी र सिरोपर गरी देशलाई राजसंस्था अपरिहार्य छ भनी हिड्ने नेताहरुको सिद्धान्तको बेवास्ता गरी भएको संस्थालाई मासी नया र नौलो गणतन्त्र ल्याइ यतिसानो देशलाई सात टुक्रामा विभाजन गरी ढिक्कोमा रहेको देशलाई टुक्र्याइ छियाछिया बनाए।

आफ्ना विश्वास पात्रलाई मुख्यमन्त्री र सयौं मन्त्रीको कुर्सी सृजना गरी देशको राष्ट्रिय ढुकुटीलाई बेलगाम अपचलन गरी बेपरवाहसँग राज्य शाशनको सुत्रपात भई देशमा गणतन्त्रको तथाकथित लालीपप जनतालाई देखाई अक्क न बक्कको शासनको हाँक देखाइ बीस वर्षको लामो समय त्यतिकै उदेश्यहीन बनाई देशलाई आज राजनैतिक, आर्थिक, धार्मिक र सामाजिक संकटमा पारेका छन्।

आज यो समयमा पनि देशको उन्नति गर्ने कुरामा कोही पनि गम्भीर छैनन् र को प्रधानमन्त्री बन्ने र को राष्ट्रपति बन्ने भन्ने होडबाजीमा नै आज सम्पूर्ण नेताहरु दौडीरहेका छन्। कांग्रेसका प्रखर र चतुर नेता भनिने गिरिजाप्रसाद कोइरालाले आफ्ना दौंतरी नेता कृष्णप्रसाद भट्टराईलाई किन आत्मघात गरे? किन गणेशमान सिंहलाई पाखा लगाए?

किन आफ्नो मौकाले प्राप्त गरेको एकमना सरकारमा ३६ र ७२ को विभाजन भई गएकोमा किन मिलाउन नसकी संसदबाटै विश्वाशको मत पुनः लिने प्रयास नगरी किन भंग गरेर चुनापमा फर्किए? यहीँबाट कांग्रेसले आफ्नो सिद्धान्तलाई कुल्चिइ पार्टीमा फुट र कलहको बिजारोपण गरेर कांग्रेसको जरा काट्ने काम सुरु भयो। यो सबै कसले गर्‍यो कांग्रेस पार्टीमा? तिनै नेताहरु हुन्।

जो आज पनि उधुम मच्चाइ कांग्रेस पार्टीको बडा हाकिम भइ बसिरहेका छन्। राम्रो पार्टी आज नराम्रो नराम्रो कामहरु गरी र बिदेशी परस्त बनी देशलाई
माथि माथि उठाउन पट्टी नलागी आफ्नै दुनो सोज्याउने काममामात्र लागिपरेका छन्।

त्यसमाथि पछिल्लो समयमा त राजतन्त्र बिरोधी माओवादी पार्टीसँग दरिलो गाँठो कसेर आफ्नो मतसमेत अरुलाई सुम्पिने ठूलो दुस्साहस गरेकोले अब कांग्रेसलाई कांग्रेस भनेर पत्त्याउने कुनै ठाउँ रहेन।

माओवादीले कांग्रेसको मत लिइ चुनाव जित्ने र कांग्रेसले माओबादीको मत लिएर चुनावमा जाने जस्ता निकृष्ट क्रियाकलापले कांग्रेस आज कांग्रेस रहेको देखिँदैन। राम्रो कुराहरु कांग्रेसले कहिल्यै गरेन। देशका सारा उद्योग कलकारखाना बेचिए।

बेरोजगार युवाहरु सारा बिदेसिए। देश युवा शक्तिबाट खाली भयो। यो अवस्था ल्याउने आखिर देशको ठूलो पार्टी कांग्रस नै हो। राम्रोबाट राम्रो भई जानु पर्नेमा झन् झन् पार्टी अधोगतिमा गइ ८८ सिट ल्याएर संसदमा रहँदा पनि आफूलाई बिपक्षमा बस्न पुग्नु नेतृत्वको निकम्मापन बाहेक केही पनि होइन।

यिनैको पालामा देशमा अनेक काण्ड, पजेरो काण्ड जस्ता काण्ड गरी अकुत सम्पत्तिको आर्जन गर्न पछि परेनन्। सबै कांग्रेसका अधिकांश ठूला नेता यसमा मुछिएका छन्। आज यही निकृष्ट क्रियाकलापले गर्दा पार्टीमा बिचलन आयो र देशको अवस्थापनि जर्जर हुन पुग्यो।

कांग्रेसको निकम्मापनाक कारण आज देश संसदको तेस्रो ठूलो दलले चलाइ रहेको छ। कहाँको कांग्रेस पार्टीको अत्त्यधिक सिट संख्या त कहाँको माओबादीको सानो पार्टीको सिट संख्या।

कांग्रेसले सुरुदेखि नै आफ्नो स्वार्थ त्यागी देशको भलाइ हुने काम मात्र गरेको भए आज देशको अवस्था र उसकै अवस्था पनि यस्तो हुने थिएन। अझै पनि उसमा होस् र सोच सप्रिएको देखिँदैन। पार्टीको नेतृत्व कहिल्यै फेरिँदैन। एकै व्यक्तिको पकडमा दसौं वर्ष चलिरहने पार्टीलाई प्रजातान्त्रिक पार्टी भन्न सकिन्न। यो त निरंकुश पार्टीको एक ज्वलन्त उदाहरण हो।

आज यो पार्टी सानो सानो कुरामा संसदमा खोचे थापेर बिपक्षीको हैसियततमा रहनु परेको छ। राष्ट्र निर्माणको कुनै धारणा संसदमा पेश भएको देखिँदैन भने यो पार्टी देश बिकासको लागि सहयोगी नभई बाधक बन्न बन्न पुगेको छ।

यही कारणले गर्दा आज सानो भन्दा सानो पार्टीले देशमा शासन गर्न भित्र भित्रै सल्बलाई रहेको देखिन्छ चाहे त्यो २० सिटको किन नहोस्। यो सबै ठूला पार्टीको निरीहता, कमजोर र नेतृत्वहीन संरचना र बाधकले गर्दा आज देशमा गणतन्त्र ब्यबस्था भइकन पनि यो स्थितिमा गुज्रिइरहेकोले अब सबै नेताहरुले सादगी जीबन बिताइ नेतृत्वलाई पुनर्जागरण गरी पुनःमौलाउने काम गर्नु पर्दछ।

नत्र पछि गएर १०-१२ सिटको मत जित्ने पार्टीले देशको शासन नचलाउलान भन्न सकिन्न। प्रजातन्त्र आएको ७३ बर्षमापनि राम्रो बिचार र प्रजातान्त्रिक सोच बोकेको यो पार्टीले देशमा खासै स्मरणीय काम गर्न सकेको छैन।

दर्जनौं पटक प्रधानमन्त्रीको पदमा रहँदा पनि देशमा सधै हरेक कुरामा अस्थिरताले बास गरिरहनु भनेको यो कसैको बाधक होइन। हो भने कांग्रेस पार्टीनै बाधक हो भन्ने कुरा आज आएर पुष्टि हुन आएको छ। जाबो संबिधान बनाउन १० अर्ब रुपैयाँ खर्च गरी त्योपनि जनचाहना अनुसार नबनाई कांग्रेस एमाले र माओवादी पार्टीको मिलोमितो र आपसी सम्झौतामा २०७२ सालको अपूर्ण संबिधान बनाई

विश्वमा एकमात्र हिन्दु राष्ट्र भएको देशलाई सुटुक्क धर्म निरपेक्ष राज्य बनाइ देशको पहिचानलाई धुजाधुजा गरी इतिहासको पाना च्यात्ने काम अरुले गरेपनि कांग्रेसले किमार्थ गर्नु हुने थिएन। यसले गर्दा आज देशले पछुताउनु परेको छ। के हेर्‍यो र के गर्‍यो कांग्रेसले भन्दा आज राम्रो केही पनि गरेको देखिँदैन।

आज बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह भइदिएका भए सायद यसो हुने थिएन। बिचरा यही पार्टीका अर्का दिग्गज नेता प्रदीप गिरि एक्लै संसदमा आफ्नो आवाज उठाउँदा उठाउँदै उनको निधन हुन पुग्यो।

आजको कांग्रेसले आफ्नो पार्टीका धेरै ठूला नेताको बिचार गुमाई सकेको छ अनि बिचारहीन, उद्देश्यहीन र गंतब्यहीन बन्न पुगेको छ। अतः यो पार्टी देश र जनताको लागि सार्थक र साधक होइन, बरु बाधक बन्दै आएको छ। बेलैमा भएका नेताहरु अब नसुध्रिए पार्टी र देशले अझ कति दुःख पाउने हो यो आँकलन गर्न सकिन्न।

यसरी पानीमा रुझेको बिरालो जस्तो कांग्रेसलाई देख्न नपरोस् भनेर आज सारा प्रजातन्त्रबादी देशप्रेमी जनता हेरेर बसेका छन्। यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा हरेक पटक अगाडि बढेर देशको बिकासको लागि संबाहक बनेर हिँडेको एमाले पार्टी जसलाई देशको लेफ्ट पार्टीपनि भनिन्छ।

कुनैपनि पार्टीको बिचार बास्तवमा नराम्रो हुँदैन। तर त्यो पार्टी हाक्ने नेताहरुको चरित्र र पात्रतामा लोभ, मोह, लालसा, स्वार्थपना र सादगी जीवन यापन गर्ने जीवनशैली भएन र आफ्नो सिद्धान्त अनुसार पार्टी चलाउने अनि देश हाँक्ने दरिलो अभ्यास नभएमा पार्टी र देश दुबैले दुःख पाउने स्पष्ट छ।

यो पार्टीको मुख्य उद्देश्य भनेको प्रगतिशील हिसाबले देशलाई सम्मुन्नतीको बाटोमा लैजाने हो। यो पार्टीले पनि देशमा बराबर सत्ता नसम्हालेको होइन। यो
पार्टीमा मनमोहन अधिकारी, माधबकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली देशको प्रधानमन्त्री बनिसकेका छन्।

यसैगरी यस्तै विचारधारा बोकेका तथाकथित माओ बिचारधाराका माओबादी नेता तथा माओबादी आन्दोलनका प्रमुख पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईपनि पटक पटक प्रधानमन्त्री बनी सकेका हुन् र हाल २०८१ सालको समयमापनि उनै पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन्।

तर २०४६ सालभन्दा अगाडिको देशको राजनीतिक, आर्थिक र धार्मिक अबस्था भन्दा अहिलेको अवस्था ज्यादै अस्थिर, कचिंगल र नाजुक हुन पुगेको छ। ६ खरबमा अढेको राष्ट्रको ऋण अहिले ३० खरब पुगेको छ। २४० वटा उद्योग कलकारखाना अहिले प्राय शून्य अवस्थामा रहेका छन्।

बिश्वबिद्यालयहरु पढ्ने बिद्यार्थीको आभावले बन्द हुने अवस्थामा पुगेका छन्। स्वास्थ्य क्षेत्र त्यस्तै खर्चिलो बन्दै गएको छ। तर बिगत २० वर्ष देखि सरकार भने रेमिट्यान्स रकमको भरमा देशको बार्षिक बजेट बनाउने र बिदेशीको अगाडि हात थापेर जसोतसो बजेटको व्यवस्था गर्नमा र आफ्नो र पार्टीको सम्पूर्ण खर्च बेलगाम तरिकाले खर्च गर्नमै मस्त छन्।

उत्पादनका अन्न अनाज र अरु सामान निर्यात गर्ने देश आज निर्यात शून्य अवस्थामा गुज्रिरहेको छ। बेरोजगार भन् झन् बढिरहेको छ। स्वरोजगार प्रदान गर्ने कुनै ठाउँ नभएकाले युवाहरु लाखौँ लाखको संख्यामा बिदेसिन बाध्य छन्। देशमा लाखौँ हेक्टर जमीन बाँजो अवस्थामा छ।

अर्थतन्त्रको दुश्चक्रले ब्यापार ब्यावसाय ठप्पप्राय छ। मुद्रास्फिर्ती बढिनै रहेको छ। आयात कुल ९५% मा रही अर्को ९६% मा उकालो लाग्ने स्थितिमा छ। बैंक लगानी गर्न
नपाएर त्राही त्राही अवस्थामा छन्। लगानीको सोच र बिचारको संकुचनले लगानीकर्ता हतोत्साही बनिरहेका छन्। त्यस्तै शिक्षामा चरम लुट भइरहेको छ।

बिश्वबिद्यालयहरु पढ्ने बिद्यार्थीको आभावले बन्द हुने अवस्थामा पुगेका छन्। स्वास्थ्य क्षेत्र त्यस्तै खर्चिलो बन्दै गएको छ। तर बिगत २० वर्ष देखि सरकार भने रेमिट्यान्स रकमको भरमा देशको बार्षिक बजेट बनाउने र बिदेशीको अगाडि हात थापेर जसोतसो बजेटको व्यवस्था गर्नमा र आफ्नो र पार्टीको सम्पूर्ण खर्च बेलगाम तरिकाले खर्च गर्नमै मस्त छन्।

करिब सांसदहरु लाखौं तलब र भत्ता खाइ चिल्ला गाडी मोटरमा यता र उता कुदी चाकडी र चाप्लुसी मै व्यस्त छन्। माथिल्लो तहको केन्द्रीय सरकारमा त्यत्तिकै लुट छ भने प्रदेश सरकारमा त्यो भन्दा बढी र स्थानीय तहमा पनि त्यही अनुपातमा खर्च र भ्रष्टाचारले चरम रुप लिएको छ। राष्ट्रिय आय आर्जन गर्ने कुनै त्यस्तो भरपर्दो क्षेत्र छैन।

तर सरकार भने २० वर्षदेखि समृद्ध र सुखी नेपालीको खोक्रो भाषण गरी काल्पनिक कुराहरु गरी ५ वर्षमा, १० बर्षमा र १५ बर्षमा देशलाई एसियाको बिकासको तहमा पुर्‍याउँछु भनेर डाँको छोडी जनतालाई जिस्क्याइ रहेका छन्।

अब देश यो भन्दा तल गएमा देश असफल राष्ट्रमा हुन कत्ति बेर लाग्दैन र पछि “न्याउरी मारी पछुतो” भएजस्तै हुने हो कि भन्ने डरमा सारा देशप्रेमी जनताहरु डराइ रहेका छन्।

आज एमाले र माओबादीले एकदम सादगी जीवनशैलीमा बस्नु पर्नेमा उनीहरुको र उनका तीन पुस्ताका नातेदार र मामापट्टिका र फुपूपट्टिका भाइ भतिजा विलासिताको जीवन बिताई “म माओबादी हुँ” र “म साम्यबादी बिचाधारा बोकेको पार्टीको नेता र कार्यकर्ता हुँ “ भनेको सुन्दा माओ रिसायिरहेका होलान र त्यस्तै कार्लमाक्र्स र लेनिन पनि छक्क परेर हेरिरहेका होलान्।

यी पार्टीले पहिलादेखि र खास गरेर २०६० सालदेखि हालसम अनेक काण्ड गरी आफू र पार्टीलाई अकुत सम्पत्ति कमाई आज प्रत्येक नेता आलेशान महलमा बसी चिल्लाचिल्ला गाडीमा आफू र छोरा छोरी र नाति नातिना घुमाई बसिरहेका छन्।

तर देश भने दिनप्रतिदिन राजनैतिक संकट आर्थिक संकट र धार्मिक संकट, शैक्षिक संकट, जातीय संकट, स्वास्थ्य संकट, कृषि उद्योग कलकारखाना संकट र बेरोजगार संकटमा झन् झन् धस्सी रहेको छ। प्रगतिशीलले पाएको केही छोडेन भने प्रजातन्त्रबादीले राम्रो काम कहिलै गरेन।

फलतः नेपालको बिकास र सम्मुनति केवल नेताहरु र शासकहरुको मुख बोलीमामात्र कुण्ठित हुन पुगी देस अहिले पनि समष्टिगत रुपमा दूरावस्थामा रहेको देखिन्छ भने देश बिकासका बाधक भनेका अरु कोही होइनन् बल्कि यिनै पार्टीहरु नै हुन् र यिनैको पछाडि बसेर अरु भुरे पार्टीहरुले पनि अनेक बखेडा निकाली आफ्नो हिसाबले गच्छ अनुसारको तर मारेर राष्ट्रको ढुकुटीको दोहन गरी आफ्नो राजनीतिको खेल खेलिरहेका छन् र देशलाई लिलाम गर्ने मोल मोलाइको चक्करमा फसेका छन्।

एउटा कुरा सबै पार्टीले हेक्का राखून कि बहुदलीय व्यवस्थामा दलहरुबीच बिभिन्न बिषयमा मतमतान्तर हुनु स्वभाविक हो। तर राष्ट्रिय सरोकारको बिषयमा भने सबै पार्टीहरु दलीय दृष्टिकोणबाट माथि उठी राष्ट्रिय सहमतिमा छिटो पुग्नु अति आवश्यक छ र देखिन्छ।

अहिले नै आजको देशको माग हो। तसर्थ अब बाधक होइन सार्थक र सहयोगी र कर्मशील र इमान्दार भएर सबै पार्टीका नेता कार्यकर्ताहरु अगाडि नबढ्ने हो भने पार्टी त बाधक बन्छन् बन्छन् त्यो भन्दा गम्भीर बिषय देश नै के र कता जान्छ भन्न सकिन्न।

तसर्थ अब सबै नेपालीहरु जाग्ने बेला आएको छ। देश धेरै पछाडि परिरहेको छ। खाली ठट्टा, गाली, घोचपेच, मत्मतान्तर र भाषणबाजी र सभा सम्मेलनले देश अगाडि बढ्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *