धर्मपुत्र पालेका छोरासँग आपत्तिजनक अवस्थामा ओछ्यानमा रंगेहात समातिइन् महिला नेतृ
काठमाडौं । थाइल्यान्डकी ४८ वर्षीय नेता प्रापापोर्न चोइवाडकोह आफ्नो धर्मपुत्रसँग यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेकी छन् । प्रपापोर्नका श्रीमानले दुवैलाई ओछ्यानमा सँगै समातेका हुन् ।
साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेअनुसार प्रापापोर्नका श्रीमान् टिले केही गडबड भएको आशंकामा पाँच घण्टासम्म गाडी चलाएर घटनास्थल पुगेपछि यो घटना बाहिर आएको हो। उनले आफ्नी श्रीमती र धर्मपुत्र फ्रा महलाई ओछ्यानमा समाते । फ्रा महा एक भिक्षु हुन्।
प्रापापोर्न र टीले गत वर्ष एक मन्दिरबाट फ्रालाई धर्मपुत्र लिएका थिए। तर अहिले टीले आफ्नी श्रीमतीलाई फसाएको आरोप लगाउँदै सन्यासी फ्रामाथि आरोप लगाइरहेका छन् । उनी फ्रा भागिरहेको दाबी गर्छन् ।
यो घटनालाई टिले क्यामेरामा कैद गरेका छन् । टीले आफ्नी श्रीमतीसँग यस विषयमा छलफल गर्दै सोधे, “तिमीहरू दुवै खुसी छौ?” प्रापापोर्नले आफूअरू बोलेको मात्रै र अरु केही नगरेको भन्दै आफ्नो बचाउको प्रयास गरेकी छीन् । फ्राले पनि कुनै गल्ती अस्वीकार गरे। उनले आफ्नो व्यक्तिगत समस्यामा प्रपापोर्नको सहयोग मागेपछि नुहाउन जान लागेको दाबी गरे।
थाइल्याण्डको सुखोथाईमा प्रापापोर्न उर्फ ”म्याडम प्ली” धेरै प्रसिद्ध छिन् । उनी राजनीतिज्ञ हुन् र स्थानीय चेम्बर अफ कमर्सको प्रमुख हुन्। यो कुरा बाहिर आएपछि उनको पार्टीले छानबिन नभएसम्मका लागि निलम्बन गरेको छ । यो विषयले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भने, ‘यो समाचार विस्फोटक छ, यसमा धेरै कुरा छन् । यो पूर्ण काल्पनिक जस्तो देखिन्छ। धनीहरूको संसार साँच्चै आकर्षक र अराजक छ।’
Facebook Comment