भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । न् २०२४ मा रवि सिजनमा प्याज उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए ।
उपभोक्ता विभागका सचिवका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र खरीप सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।
सरकारी अनुमान अनुसार रवि २०२४ मा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको छ ।
सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया
Facebook Comment