पाकिस्तानमा सेनाको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए

डिसी नेपाल
२४ वैशाख २०८१ ११:१९

काठमाडौं । पाकिस्तानी सेनाले सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको जनाएको छ।

पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको हो। गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ ।

मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन, तर ‘पाकिस्तानी तालिबान’ लडाकुहरूले यस क्षेत्रमा सुरक्षा बलमाथि आक्रमण गरिरहेका छन्।

दोस्रो घटना दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तको हो। मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएपछि जवाफी कारवाहीमा यी चारजना पनि मारिएको सेनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *