प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी नीति आवश्यक: भानुभक्त जोशी (भिडियो)

डिसी नेपाल
२५ वैशाख २०८१ १४:५३

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताए।

मंगलबार ललितपुरमा आयोजित नेपाल सेल्टर फोरममा बोल्दै जोशीले प्राकृतिक प्रकोपबाट पिडित भइरहने अवस्था रहेको भन्दै क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताएका हुन् । उनले बाढीपहिरो, चट्याङ, वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको अवस्था नयाँ तवरबाट तयारी गर्नुपर्नेमा जोड दिए ।

मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने भन्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए। मन्त्री जोशीले विगतमा गरिएको पुनःनिर्माणको काम प्रशंसनिय रहेको भन्दै अब पनि पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने देखिएको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *