पाकिस्तान प्रशासित काश्मिरमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा एक प्रहरीको मृत्यु
काठमाडौं । पाकिस्तान प्रशासित काश्मिरमा बिजुली र पिठोको मूल्यवृद्धिलाई लिएर भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ ।
हिंसात्मक झडपमा एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । पाकिस्तान प्रशासित कश्मीरका सरकारका प्रवक्ता अब्दुल माजिद खानले यो जानकारी दिएका हुन्।
अब्दुल माजिद खानले छातीमा गोली लागेर प्रहरी निरीक्षकको मृत्यु भएको दाबी गरेका छन् । अब्दुल मजिद खानले आन्दोलनकारीलाई कानुनी कारबाही गरिने पनि दाबी गरे ।
अब्दुल माजिद खानले मुजफ्फराबादका केही क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताएका छन् । सरकारका प्रवक्ताले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment