रुसी भवनमा युक्रेनको मिसाइल आक्रमण, भग्नावशेषमुनि धेरै मानिसहरु फसे
काठमाडौं । रुसको बेलगोरोड सहरमा रहेको एउटा दश तले अपार्टमेन्टको पूरै भाग युक्रेनको मिसाइल हमलापछि भत्किएको छ ।
स्थानीय गभर्नरका अनुसार युक्रेनी मिसाइलले सो भवनमा प्रत्यक्ष प्रहार गरेको थियो । प्रारम्भिक रिपोर्ट अनुसार करिब १५ जना भग्नावशेषमा फसेका छन् ।
बाँकी भवन भत्कने डरले खाली गराइएको छ । बेलगोरोडबाट धेरै टाढा रसिया-युक्रेन सीमा छ जहाँ युद्ध जारी छ।
रुसी सेनाले खार्किभ क्षेत्रमा अगाडि बढ्ने प्रयास गरिरहेको छ । रुसी सेनाले शुक्रबार खार्किभमा आक्रमण गरेको थियो ।
खार्किभका गभर्नरका अनुसार रुसी आक्रमण सुरु भएयता यहाँबाट करिब चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया
Facebook Comment