ट्रान्सजेन्डर महिलाले पुरुषलाई कारले कुचिन्, घाइतेलाई चुम्बन गरिन् अनि छुरा प्रहार गरी हत्या गरिन्
काठमाडौं । अमेरिकाको ह्युस्टनमा एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक ट्रान्सजेन्डर महिलाले ६४ वर्षीय पुरुषको निर्मम हत्या गरिन् ।
आरोपित महिलाले पहिले पुरुषलाई कारले ठक्कर धिएर नौ पटक छुरा हानेकी थिइन् । यति मात्र होइन, हत्या गर्नुअघि महिलाले पुरुषलाई पटकपटक किस गरिन् । यो सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ ।
सीसीटीभी फुटेजले देखाएअनुसार पीडित स्टिभन एन्डरसन आफ्नो छिमेकमा हिडिरहेका थिए जब उनलाई सडकमा तीव्र गतिमा रहेको सेतो कारले ठक्कर दिएको थियो।
यसपछि कार फेरि घटनास्थलमा आयो र एन्डरसनलाई दोस्रो पटक ठक्कर दियो। जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो । यो घटनापछि अभियुक्त महिला घटनास्थलबाट भागेकी थिइन् ।
‘कारले ठक्कर दिएपछि संदिग्ध ट्रान्स महिला करेन फिशर केहि समय पछि घटनास्थलमा फर्किइन् र एन्डरसनको शरीरको माथि सुतिन्’ न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ।
यसपछि ती महिलाले एन्डरसनको शरीरलाई पटकपटक किस गरिन् । त्यसपछि उनले धारिलो चक्कुले नौ पटक आक्रमण गरिन् । प्रहरीले आरोपित महिलालाई पक्राउ गरेको छ ।
घटनापछि आरोपित महिलाले अर्को कारमा चढ्ने प्रयास गरे पनि उनी कारमा चढ्न नसकेको प्रहरीले जनाएको छ । त्यसैले उनी घटनास्थलबाट पैदलै भाग्न थालिन् । ह्यारिस काउन्टी रेकर्डका अनुसार फिशर नामकी एक ट्रान्स महिलालाई गिरफ्तार गरिएको थियो ।
अदालतको अभिलेखले संदिग्ध व्यक्तिलाई पुरुषको रूपमा वर्णन गरेको छ तर प्रहरीले उनलाई महिलाको रूपमा पहिचान गरेको छ। न्युयोर्क पोस्टको रिपोर्टमा भनिएअनुसार उनको गिरफ्तारीअघि आरोपी फिशरले २०२३ मा एक मुद्दामा गिरफ्तारीबाट बच्ने प्रयास गरेका थिए। फिशरलाई पहिले २०२१ मा वेश्यावृत्तिको आरोप लगाइएको थियो, तर त्यो मुद्दा खारेज गरियो।
Facebook Comment