एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

डिसी नेपाल
३१ वैशाख २०८१ १७:३८

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन्।

विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरुसँग छलफल गरेर चाडैँ नै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका हुन्। उनले प्रदेशमा मन्त्रालय थप नगर्ने विषयमा सरकार प्रष्ट रहेको जिकिर गरे।

उनले सर्वोच्च अदालतले अन्तरिम आदेश, अल्पकालिन आदेश र काम रोक्न आदेश समेत नदिएकाले अदालतमा विचाराधिन मुद्दा भन्न नमिल्ने भएकाले विश्वासको मत लिने निर्णय गरेको धारणा राखे। कार्कीले अहिलेको अवस्थामा संसदीय प्रक्रिया र मूल्यमान्यतामा कांग्रेस चुकेको प्रतिक्रिया दिए।

यस्तै राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले अहिले प्रदेश सरकारलाई मत नदिएर तटस्थ बसेपनि समय परिस्थिति अनुसार पार्टीले आगामी दिनमा आवश्यक निर्णय गर्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *