रुसी सेना खार्किभमा अगाडि बढ्दै, अर्को शहर कब्जा गर्यो
काठमाडौं । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रका गभर्नरले रुसी सेनाले केही दिशातर्फ अघि बढिरहेको बताएका छन्।
शुक्रबार रुसी सेनाले सीमा नाघेर युक्रेनको खार्किभ क्षेत्रमा आक्रमण गरेको थियो । गभर्नर ओलेग सिनेगुभोभले अवस्था निकै जटिल रहेको बताएका छन् ।
गभर्नरका अनुसार भोभचान्स्क नामक सहरमा दुई-तीन सय मानिस मात्र बाँकी छन्। रुसी सेनाले यो सहर कब्जा गर्ने प्रयास गरिरहेको छ ।
युक्रेनले यहाँ थप सुरक्षा बल पठाएर यसको प्रतिरोध गर्ने प्रयास गरिरहेको छ। युक्रेनले रुसी सेनालाई खार्किभ सहरतर्फ अघि बढ्नबाट रोक्नका लागि जवाफी हमला सुरु गरेको छ ।
युक्रेनले रुसी सेनाको विरुद्धमा जवाफी कारबाही गरेको बताए पनि रुसी सेनाले यस्ता धेरै आक्रमणलाई असफल बनाएको बताएको छ ।
यसैबीच रुसी नियन्त्रणमा रहेको पूर्वी लुहान्स्क क्षेत्रमा शक्तिशाली विस्फोट भएको छ । युक्रेनले सोरोकिन क्षेत्रमा रहेको रुसी हतियार भण्डारलाई निशाना बनाएको जनाएको छ ।
Facebook Comment