अमेरिकी हतियारसँगै अमेरिकी विदेशमन्त्री पनि युक्रेन पुगे

डिसी नेपाल
१ जेठ २०८१ १३:४९

काठमाडौं । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन्।

ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन्। अमेरिकी अधिकारीहरूका अनुसार ब्लिन्केनले उनीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिनेछन्।

अमेरिकाले युक्रेनका लागि तीन साताअघि अमेरिकी संसदमा ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।

ब्लिन्केन युक्रेन पुग्नु अघि अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र एटीएसीएमएस लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *