इजरायली सेनाले जबलियामा आक्रमण तीव्र पारेपछि प्यालेस्टिनी नागरिकले क्षेत्र छोड्न थाले
काठमाडौं । उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुहरूबीच भीषण द्वन्द्व भइरहेको छ ।
इजरायलले भनेअनुसार हमास लडाकुहरू फेरि जबलियामा भेला भएका छन् र उनीहरूलाई हटाउने उद्देश्यले इजरायली सैनिक त्यहाँ पुगेका छन्।
युद्धका कारण भागेका बासिन्दाहरूले जबलियाको शरणार्थी शिविरतर्फ ट्याङ्कहरू सरेको देखेको बताउँछन्। जबलियामा शनिबारदेखि भारी बम विस्फोट भएको छ।
प्यालेस्टिनी सशस्त्र समूहहरूले यहाँ शरणार्थी शिविरहरूमा इजरायली सैनिकहरूसँग लडिरहेको बताएका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघले हालसम्म ३ लाख ६० हजार मानिस राफाहबाट भागेको जनाएको छ ।
गत हप्ता इजरायलले यहाँ आफ्नो कारबाहीलाई तीव्र पारेको थियो। इजरायली सेनाले रफाहलाई खाली गर्न भनेको थियो। कम्तिमा १० लाख प्यालेस्टिनी शरणार्थीहरू यहाँ बसिरहेका छन्।
Facebook Comment