प्रधानमन्त्री र सभामुखकाे भेटवार्ता: राष्ट्रपतिलाई धन्यवाद दिन नपाएको विषयमा छलफल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा छलफल भएको छ । साथै भेटमा संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।
यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ ।
Facebook Comment