एमालेले बोलायो संसदीय दलको बैठक

डिसी नेपाल
२ जेठ २०८१ १०:०५

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेका छन् ।

संघीय संसदका दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसदले धन्यवाद प्रस्तावसमेत पारित गर्न पाएन ।

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

एमाले भने छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *