शीर्ष नेता बन्ने व्यक्ति कस्तो चरित्रको हुनुपर्छ?

बंशीकुमार शर्मा
३ जेठ २०८१ ६:५२

श्रीमद्भागवत् गीतामा भनेको छ,
यद्यदाचरति श्रेष्ठस्ततदेवेतरो जनः ।
स.यत्प्रमाणम् कुरुते लोक स्तदनुवर्तते ।

यर्थात कहलिएका ठूला मानिसले जे जस्तो काम गर्दछन् सामान्य मानिसले पनि त्यसैको अनुकरण गर्छन्। त्यसैले ठूला व्यक्तिहरुले उदाहरणीय र अनुकरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्दछन् त्यसको सारा संसारले तिनै कुराको अनुशरण गर्ने गर्दछन्।

त्यसैले ठूलो मानिस हुनलाई त्याग, तपस्या र बलिदानको जरुरी पर्दछ। बलिदान र त्याग गर्न सक्ने व्यक्ति मात्र समाज, राष्ट्रको शीर्ष नेता बन्न सक्छ। यदि उदाहरणीय कार्य गर्न नसक्ने पथभ्रष्ट व्यक्तिलाई कसरी मुलुकले शीर्ष नेता मान्ने।

आफूले आफैंलाई शीर्ष व्यक्तिमा घोषणा गर्दैमा शीर्ष हुन सकिँदैन।  हाम्रो मुलुकका स्वघोषित शीर्ष नेताहरुको व्यवहार चरित्र अनुकरण गर्ने लायक छैन। भ्रष्टाचार  काण्डै काण्डैमा मुछिएका छन्। कल्पना गर्न नसकिने कामलाई पनि पैसाकोलोभमा सम्भव बनाएका छन्।

नागरिक बनाउने निकायका प्रमुखले अनागरिक बनाएर शरणार्थी बनाएका छन्।  हुनै नसक्ने नारा लिएर मुलुकलाई बन्धक बनाएका छन्। सामान्यतया सबैले देखेको, भोगेको र सुनेको शास्वत सत्य यही हो। संविधान जारी भएको वर्षै  बितिसक्दा पनि सम्पूर्ण जनताले संविधानलाई अपनत्व ग्रहण गर्न सकिरहेका छैनन्।

अस्थिर राजनीतिले गर्दा समाजमा द्वेष, कलह, विनाशको स्थिति रहिरहन्छ भने भ्रष्टाचार, कालोबजारी दिनप्रतिदिन बढ्दै गएको छ। पहिलो पुस्ताले गरेका सकारात्मक कार्यहरुको अनुकरण नगर्र्ने परिपाटीले गर्दा अस्थिरता, अन्यौलता र असहजता बढ्दै गएको छ।

नेतृत्वकर्ताले आफनो इच्छा आकांक्षाको पूर्तिको लागि जबर्जस्ती तवरले आफू अनुकुलको निर्णय गर्दा पटकै पिच्छे गल्तीहरु दोहोरिएका हुन्। समाज राष्ट्रको हितभन्दा आफ्नो आकांक्षा र भनाईलाई लागू गर्नको लागि जस्तो सुकै हत्कण्डा अपनाउन पछि नपर्ने सोचले गर्दा मुलुकको यो गति भएको हो।

नेतृत्व वर्गहरुको चरित्र राष्ट्रीय बिषयका मुद्धाहरुमा बहस बादबिवाद गर्दैनन्  अनमियता ढाकछोपकोलागी   एउटै थलोमा देखापर्छन्। त्यसैले यस्तो चरिच दिनप्रतिदिन  घनिभूत भएर झाँगिने खतरा  बढेको छ। शिर्ष नेता बन्ने ब्यक्ति राष्ट्रिय चरित्रको हुनुपर्दछ।

लोभ, लालच मोहमा नपरी त्याग गर्न सक्ने ब्यक्ती मात्र  शीर्ष नेता बन्न सक्छ।  जनता पनि सुध्रिन जरुरी छ।  नेपाली जनताको चरित्र मुल्यांकन  र परिक्षण नगरि कसैलाई देवत्वकरण  गरिदिने र सुनेकै भरमा कसैलाई राक्षसीकरण गरिदिने गरेका छन्।

त्यो सोझोपनको फाइदा उठाउदै नयाँ  नयाँ नेताहरु उदाए अहिले ती  उदाएका  नेताहरुको चरित्र छर्लङग् भएको  छ।   सस्तो लोकप्रियता कमाउँदै स्वघोषित शिर्ष नेता बनेकाले राष्ट्रको जल जमिन जंगललाई संरक्षण गर्नुको साटो  कमाउने  साधान बनाएका छन्। त्यसैले शिर्ष नेताहरुले आफनो चरित्र सुधार  गर या छोड निर्णय आफैं गर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *