फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण, दुई प्रहरीको मृत्यु, कैदी फरार
काठमाडौं । फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण भएको छ । यस हमलामा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका छन् । मंगलबार फ्रान्सको नर्मन्डी क्षेत्रमा यो आक्रमण भएको हो ।
यी बन्दीहरूलाई अदालतबाट कारागार लगिएको थियो । आक्रमणपछि कैदीहरू घटनास्थलबाट फरार भएका छन् । यस आक्रमणमा अन्य तीन जना पनि घाइते भएका छन् ।
फ्रान्सका कानून मन्त्री एरिक डुपुय मोरेट्टीले यस आक्रमणमा तीन जना गम्भीर घाइते भएको बताएका छन् ।
प्रहरीमाथि भारी हतियारले आक्रमण भएको मन्त्रीले बताए । यस हमलापछि सयौं प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन् ।
प्रतिक्रिया
Facebook Comment