अमेरिकाले चिनियाँ विद्युतीय कारमा चार गुणा कर बढायो
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् ।
ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।
ह्वाइट हाउसले अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले यो वृद्धि गरिएको जनाएको छ ।
चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।
विश्लेषकहरू भन्छन् कि यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक छन् र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित छन्।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ ।
विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । जबकि सोलार सेलमा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएको छ ।
त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।
जवाफमा, चीनको वाणिज्य मन्त्रालयले भन्यो – यी नयाँ कदमहरूले “द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्नेछ।” मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ ।
Facebook Comment