पाकिस्तानको सडकमा बेवारिसे भेटिएर चिनियाँ दम्पतीले हुर्काएकी बालिकाले सनसनी मच्चाउँदै

डिसी नेपाल
३ जेठ २०८१ १६:२२

काठमाडौं । एउटी चिनियाँ भाषी पाकिस्तानी युवतीले सामाजिक सञ्जालमा सनसनी फैलाएकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो सुन्दरताले मानिसको मन जितिरहेकी छिन् ।

जब यी बालिका सानै थिइन्, एक चिनियाँ दम्पतीले उनलाई धर्मपुत्री बनाएर पाकिस्तानबाट चीन ल्याएका थिए । दम्पतीले उनलाई धेरै मायाले हुर्काए। अहिले यी बालिका हुर्किसकेकी छिन् ।

उनी सामाजिक सञ्जालको सेन्सेसन बनेकी छिन् । उनको उमेर अहिले २० वर्ष छ । चिनियाँ सामाजिक सञ्जाल डुइनमा उनका ७५०,००० फलोअर्स छन्। उनका सबै भिडियो भाइरल भएका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यी युवतीको कथाको सुरुवात निकै पीडादायी छ । जब यो चिनियाँ जोडी कुनै कामको लागि पाकिस्तान आएका थिए त्यतिबेला यी बालिकालाई सडकमा बेवारिसे अवस्थामा फेला पारेका थिए ।

दम्पतीले उनलाई धर्मपुत्री लिएर हेनान प्रान्तको आफ्नो गाउँमा ल्याए। यहाँ उनको नाम फ्यान जिहे राखिएको थियो। यो नामको अर्थ दीर्घायु भएको व्यक्ति हो। यी युवती दम्पतीकी एक्ली सन्तान हुन् ।

२०२१ मा पहिलो पटक सामाजिक सञ्जालमा फ्यान ट्रेन्ड भइन्। त्यसपछि उनले आफ्नो एउटा भिडियो सेयर गरिन् । जसमा उनले परम्परागत हेनान चाउचाउ खाँदै थिइन् । उनी गाउँकै घरबाहिर बसिरहेकी थिइन् ।

उनी आफ्नो लुक्स र चिनियाँ भाषा बोल्ने कारणले मानिसहरूको ध्यान आकर्षित गर्छिन्। उनलाई हेनानको क्लियोपेट्रा भनिन्छ। उनी सामाजिक सञ्जालमा चाउचाउ खाँदै, खेतीपाती गर्दै र परिवारका ज्येष्ठ नागरिकका लागि भाग्यशाली पैसा माग्दै देखिएकी छिन् ।

फ्यानका अनुसार उनका आमाबाबुले सधैं आफ्नो वास्तविक छोरी जस्तै व्यवहार गर्छन्। जहिले पनि मानिसहरूले उनलाई ‘कालो’ वा अरूभन्दा भिन्न भनेर बोलाउँछन्, उनीहरूले आफ्नी छोरीको लागि आवाज उठाउँछन् ।

उनी भन्छिन् – उनी आफ्ना आमाबुवाको ऋण तिर्न शहरमा फ्ल्याट किन्न चाहन्छिन्। उनले सामाजिक सञ्जालबाट हरेक महिना ५५० डलर कमाउने बताइन्। यो कमाई उनका बाबुआमाले खेतीपातीबाट कमाएको कमाइभन्दा बढी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *