प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल, बैठक स्थगित
काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो।
बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएको थियो। सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो। प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए।
नाराबाजीकाबीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको हो। यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ।
संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment