सभामुखप्रति गगन थापाको असन्तुष्टी, नेताको आदेशपालकको भूमिकामा देखिएको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिका प्रति असन्तुष्टी जनाएको छ।
संसद बैठकपछि संसद भवनमा पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको जिम्मेवारी सभामुखको भएको भन्दै सभामुखले निष्पक्ष व्यवहार देखाउन नसकेको आरोप लगाए। सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अप्रिय अनपेक्षित स्थिति सिर्जना गरेको उनले बताए।
त्यस्तै थापाले सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रुपमा देखिने कुरा दुखद रहेको धारणा राखे। उनले सत्तापक्षले नै संसदलाई मुठभेडतर्फ धकेल्न खोजेको भन्दै यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने बताए। त्यस्तै उनले पुराना जुनसुकै फाइल खोल्न सरकारलाई चूनौति दिए।
थापाले रवि लामिछानले सहकारीको रकम निजी कम्पनीमा खर्च गरेको र त्यो ठगि नै भएको दावी गरे।
Facebook Comment