लरेन्स वोङ सिंगापुरको नयाँ प्रधानमन्त्री बने, राष्ट्रपति थर्मनले शपथ ग्रहण गराए

डिसी नेपाल
४ जेठ २०८१ १३:०४

काठमाडौं । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय ली सिएन लुङको स्थान लिनेछन् ।

६७ वर्षीय राष्ट्रपति थर्मन शान्मुगरत्नमले वोङलाई सपथ गराएका हुन् । ली सिएन लुङले दुई दशकसम्म सिंगापुरको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। वोङ र ली सिएन लुङ दुवै सत्तारुढ पीपुल्स एक्सन पार्टीका हुन्। जसले ५ दशकभन्दा बढी समयदेखि सिंगापुरको नेतृत्व गर्दै आएको छ ।

प्रधानमन्त्रीको पद ग्रहण गर्नुअघि वोङ देशको उपप्रधानमन्त्री थिए। तर अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । वोङले मन्त्रीस्तरमा ठूलो फेरबदल नगर्नुको कारण विभिन्न किसिमका अवरोधलाई औंल्याएका थिए ।

च्यानल न्यूज एशियाको एक रिपोर्टले ली सिएन लुङको सरकारबाट वोङको सरकारमा नेतृत्वको संक्रमणकालमा सबै मन्त्रीहरूले आफ्नो पोर्टफोलियो कायम राख्ने र वोङको निर्णय प्रक्रियामा निरन्तरता सुनिश्चित गर्ने बताएका छन् ।

वोङलाई अप्रिल २०२२ मा मनोनयन गरिएको थियो, र सोही वर्षको जुनमा उपप्रधानमन्त्रीको रूपमा बढुवा गरिएको थियो। तर, उनी ली क्याबिनेटमा वरिष्ठ मन्त्रीको रूपमा रहेका थिए । जसरी दुई भूतपूर्व प्रधानमन्त्री ली कुआन यु र गोह चोक टोङको मामलामा भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *