विपक्षी दलहरुको बैठकः संसदीय छानबिन समिति बनाउन एकमत

डिसी नेपाल
४ जेठ २०८१ १३:२३

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ।

संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो। त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका थिए।

त्यस्तै बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन्। त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *