उच्च कोलेस्ट्रोलका यी ४ लक्षणलाई कहिल्यै नगर्नुहोस् बेवास्ता

डिसी नेपाल
४ जेठ २०८१ १४:२६

काठमाडौं। बढ्दो कोलेस्ट्रोल हाम्रो शरीरको शत्रु हो, यसले रगतका नसाहरूमा प्लाक जम्मा हुन्छ, जसले अवरोध निम्त्याउँछ। जसले उच्च रक्तचाप, हृदयाघात र स्ट्रोक निम्त्याउन सक्छ।

कोलेस्टेरोल हाम्रो कलेजोमा उत्पादन हुने चिल्लो पदार्थ हो, यसले स्वस्थ कोशिकाहरू बनाउन मद्दत गर्छ। तर, धेरै तैलीय र अस्वास्थ्यकर खानेकुरा खाँदा शरीरमा खराब कोलेस्ट्रोल बन्न थाल्छ र यो खतराको कारण बन्न जान्छ । यो समस्यालाई समयमै पहिचान गर्न आवश्यक हुन्छ, आउनुहोस् जानौं कोलेस्ट्रोल बढ्दा हाम्रो शरीरमा देखिन्छ यस्तो लक्षण ।

कोलेस्ट्रोल बढेमा देखिने लक्षणहरुः

छाती दुखाइः छाती दुख्नु कोलेस्ट्रोल बढेको प्रमुख लक्षण हो। अचानक छाती दुख्न थाल्दा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुहोस्, यो दुखाइ केही दिनसम्म रहन सक्छ, छाती दुख्नु मुटु रोगको लक्षण पनि हो, त्यसैले यो निकै खतरनाक हुन्छ ।

धेरै पसिना आउनुः गर्मीको मौसममा र अत्याधिक कसरत गरेपछि पसिना आउनु सामान्य कुरा हो तर सामान्य अवस्थामा वा जाडोमा पनि धेरै पसिना आउन थाल्यो भने यी उच्च कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगका लक्षण हुन् भन्ने बुझ्नुहोस् ।

वजन वृद्धिः यदि तपाईको तौल तिव्र गतिमा बढिरहेको छ भने बुझ्नुहोस् कि खराब कोलेस्ट्रोल बढेको कारणले यस्तो भएको हो । यस लक्षणलाई बेवास्ता नगर्नुहोस् र सकेसम्म शारीरिक गतिविधि बढाउनुहोस् र स्वस्थ आहार लिन सुरु गर्नुहोस्।

छालाको रंगमा परिवर्तनः जब कोलेस्ट्रोल बढ्छ, हाम्रो शरीरले धेरै संकेतहरू दिन्छ, जसमा छालाको रंग पनि बढ्छ। यस्तो अवस्थामा छालामा पहेँलो दाग देखिन सक्छ, त्यसैले समयमै लिपिड प्रोफाइल टेस्ट गराउनु जरुरी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *