राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति दोस्रो चरण‌को आन्दोलन‌को तयारीमा

डिसी नेपाल
३ जेठ २०८१ १४:२०

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रािन्तले दोस्रो चरणको आन्दोलनको तयारीमा जुटेको छ।

जनताको विद्रोह‌बाट बहुल राष्ट्र राज्य स्थापनाको लागि संघर्ष गर्दै आएको राष्ट्रिय मुक्ति क्रान्तिले मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया गरेर प्राप्त सुझावको आधारमा नयाँ आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो।

त्यसको तयारी स्वरुप तीन दिने मधेश विशेष भेला राजधानीमा जारी छ। भेलामा पूर्व मन्त्रीहरु रामनरेश यादव, ओमप्रकाश यादव गुलजारी, नेताहरु केशव झा, सन्तोष मेहता, राजीव झा, सिएन थारुलगायत तीन दर्जन नेता तथा कार्यकर्ताहरु उपस्थित छन्।

सो प्रशिक्षणामुलक विशेष भेलालाई वौद्ध दर्शन ज्ञाता बुद्ध छिरिङ मोक्तान र स्वयं राजेन्द्र महतोले विशेष प्रशिक्षण दिइरहेका छन्।

राष्ट्रिय मुक्ति क्रान्ति उपत्यका विशेष व्युरो इन्चार्ज रविन्द्र श्रेष्ठले पहिलो चरणको सफल आन्दोलन पश्चात अब आफूहरु दोस्रो चरणको आन्दोलन‌को तयारीमा जुटेको बवताए।

छिट्टै एक पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनले बताए। भेलामा काठमाडौंका लोकप्रिय अभियन्ता तथा समाजसेवी सुमन सायमीको पनि उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *