इजरायलले रफाहमा सेनाको तैनाथी बढायो, नेतान्याहूले मानवीय संकटको दावीलाई अस्वीकार गरे
काठमाडौं । इजरायलका रक्षामन्त्रीले रफाहमा सेनाको तैनाथी बढाइएको बताएका छन् ।
योभान गोलान्टले रफाहमा हमास विरुद्धको युद्ध तीव्र भएको बताएका छन् । इजरायलले रफाहमा यो सैन्य कारबाही गरिरहेको छ जब उसको सहयोगी अमेरिकाले त्यसो नगर्न भनेको छ।
रफाहको जनसंख्यालाई ध्यानमा राख्दै अमेरिकाले इजरायललाई आक्रमण नगर्न आग्रह गरेको थियो र चिन्ता व्यक्त गरेको थियो।
इजरायलले रफाहमा बसोबास गर्ने मानिसहरूलाई सैन्य कारबाही अघि आफ्नो घर छोड्न भनेको थियो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि प्रकारको मानवीय संकट भएको कुरा अस्वीकार गरेका छन्। नेतान्याहुले अहिलेसम्म ५ लाख मानिसले रफाह छोडिसकेको दाबी गरेका छन् ।
गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो ।
यसको जवाफमा इजरायलको सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।
Facebook Comment