रुस र युरोपसँगको चीनको सम्बन्धबारे अमेरिकाले किन उठायो प्रश्न ?
काठमाडौं । अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा रहेका बेला रुसी राष्ट्रपतिले हिजो चिनियाँ राष्ट्रपतिलाई भेटेपछि अमेरिकाको यो भनाइ आएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेललाई रुस र चीनबीचको सम्बन्धबारे प्रश्न सोधिएको थियो ।
जसको जवाफमा वेदान्त पटेलले भने, ‘तपाइँ दुवै पक्षमा हुन सक्नुहुन्छ । एकातिर चीनले युरोपसँग राम्रो सम्बन्ध राखेको छ भने अर्कोतर्फ रुससँग सहकार्य गरिरहेको छ । रुस युरोपको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो ।’
“चीनले युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गरिरहेको छ। हामीले यो विषय उठाउँदै आएका छौं, आलोचना पनि गरेका छौं ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन र रुसबीच जारी युद्धको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । सी जिनपिङले पुटिनसँगको भेटमा सो कुरा बताएका हुन् ।
Facebook Comment