चीनले भन्यो ‘अमेरिकाको रवैया दोहोरो र गैरजिम्मेवार छ’
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा छन् ।
पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै अमेरिकाले गैरजिम्मेवार र दोहोरो रवैया अपनाएको आरोप लगाएको छ ।
यसअघि अमेरिकाले युक्रेनविरुद्धको लडाइमा चीनले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, “जे भइरहेको छ त्यो आगो निभाउने प्रयास हो। युक्रेन संकट समाधान गर्ने एक मात्र उपाय राजनीतिक समाधान हो।”
अमेरिकाले पनि चीन दुवैतर्फ बस्न नसक्ने आरोप लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘एकातिर चीनको युरोपसँग सम्बन्ध छ। अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठूलो खतरा रुसलाई सहयोग गरिरहेको छ ।’
पाँचौं पटक रुसको राष्ट्रपतिको सपथ ग्रहण गरेपछि पुटिनले चीनको भ्रमण गरेका छन् ।
पछिल्ला केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।
Facebook Comment