द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

डिसी नेपाल
४ जेठ २०८१ २०:१०

काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ।

आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो। त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

द्रूतमार्गमा छ वटा सुरुङ र ८९ वटा पुल हुनेछ। उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ। करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ। आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *