इजरायलले गाजामा ७० लक्ष्यमा बमबारी गर्यो, जबलियामा गल्ली-गल्लीमा झडप
काठमाडौं । गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ ।
सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ ।
इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।
जबलियामा ठूलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ ।
इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।
गाजाको अर्को छेउमा, रफाह सहरमा लडाई जारी छ।
इजरायलले यहाँ हमासका कैयौं अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमाण्डरलाई मारेको दाबी गरेको छ।
प्रतिक्रिया
Facebook Comment