कार्यदलको बैठक : संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेन

डिसी नेपाल
६ जेठ २०८१ १७:३४

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए । परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए ।

त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउँदै समिति बनाउदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफुहरुले धारणा राखेको बताए ।
 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *