गढीमाई नगरपालिकाकै मिलेमतोमा बागमती दोहन
रौतहट । गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ । गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउदै आएका छन् ।
नगर प्रमुख र हाकिमको साथ पाएका ठेकेदारले ति दुबै घाटमा मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन् ।
समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्बी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन् ।
ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियबासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन् ।
नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।
दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदि बगिरहेको ठाउबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानियले केही बेर अबरोध पनि गरेका थिए ।
नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन् । अनुगमन समितिको गैर जिम्मेबारपनको कारण रौतहटको बिभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ । यसैबिच गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादवले चाडै नै सो क्षेत्रको अनुगमन गर्ने बताएका छन् ।
नदीजन्य पदार्थ निकाशी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्राबधान छ ।
नदीजन्य वस्तुको अवैध उत्खननबाट नगरपालिकाका हाकिम र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलो मतोमा मनोमानी रुपमा बागमती धुन हुँदा वर्षायाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटकपटक घडीमाई नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन् ।
नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रुपमा बागमती उत्खनन गराउँदा आउँदो वर्षायाममा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
Facebook Comment