प्रकृतिप्रेमी पर्यटकहरुका लागि उपयुक्त गन्तव्य ‘डायमण्ड हिल रिसोर्ट’

काठमाडौं। वरिपरी प्राकृतिक हरियाली, चराचुरुङ्गीको चिरचिर आवाज, रंगी विरंगी पुतलीहरु फरफराउँदैै उडीरहेका, कोइलीले कुहू कुहू गर्दै पाहुनाको स्वागतमा डायमण्ड हिल रिसोर्टलाई साथ दिइरहेको पाइन्छ । यहाँ पुग्ने जो कोहीलाई पनि यहाँको मनमोहक प्राकृतिक छटाहरुले लोभ्याउने गर्दछ। नजिकैबाट जरायो, बँदेल, खरायो, मृग, कालिज लगायतका विभिन्न प्रजातिका चराचुरुङ्गीहरूलाई नियाल्न सकिन्छ।
काभ्रेको पनौती नगरपालिकाको पनौती बजारबाट करिब तिन किलो मिटर उत्तरमा अवस्थित यस रिसोर्टमा पुग्नेहरुलाई यहाँको वाताबरणले लोभ्याउने गर्दछ। समुद्री सतहबाट करिब १६२९ मिटरमा अवस्थित यस रिसोर्टबाट सगरमाथाको मनोरम दृश्यदेखि पनौती आसपासका विसाल फाँटहरु हेरर रमाउने गर्दछन् ।
साथीभाईहरु संगको रमाइलो पल होस् या परिवारसंगको उत्तम समय विताउन उपयुक्त स्थान डायमण्ड हिल रिसोर्ट बन्ने गरेको छ। विदेशी पाहुनाहरुको पहिलो रोजाईमा पर्ने यस रिसोर्टमा नेपालका नाम चलेका कम्पनीहरु यहाँ विभिन्न कार्यक्रमका साथ पुग्ने गर्दछन्।
भिडभाड, धुलो धुवाबाट टाढा, युरोपिय खानादेखि नेपाली हाम्रौ गाउँघरका खानाका परिकार पाहुनाको रोजाई अनुसार तयार गरिन्छ। बार बी क्यूू, बार, क्याम्प फायर, डिजेको समेत सुविधा भएको रिसोर्टमा सुविधा सम्पन्न स्वीट, डिलक्स कोठाहरू रहेका छन् ।
यहाँबाट हाइकिङका लागि साँगा, लाकुरीभंज्याग, नमोवुध्द, वल्थली, धुलिखेल ,आशापुरी, भालेश्वर, नागी डाँडा, गुर्दुम डाँडा, ठूलीपोखरी र रानीकोट सम्मको गन्तव्य रहेको छ।
पनौती कै पहिचान बनेको यस रिसोर्टले स्थानिय युवाहरुलाई रोजगारीको समेत अवसर प्रदान गरेको छ । गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस रिसोर्टले आन्तरिक तथा बाह्य प्रकृतिप्रेमी पर्यटकहरुलाई निकै आकर्षित गर्ने गर्दछ।
डायमण्ड हिल रिसोर्टको क्षमताको कुरा गर्नु पर्दा यहाँ ४० वटा रुम तयार अवस्थामा रहेका छन्। ३२ रोपनी क्षेत्रफलमा फौलिएको यस रिसोर्टमा पुग्नका लागि दुई वटा बाटो भएर पुग्न सकिन्छ । एउटा भक्तपुर बनेपा पनौती हुँदै अर्को भक्तपुरको सुर्यविनायकदेखि रानीकोट हुँदै पनि पुग्न सकिन्छ ।
बनेपाको बाटोभन्दा पनि रानीकोटको बाटो एकदमै आनन्द र मनोरम छ । पनौतीको बाटो आउँदा खेरि लगभग ३०–३२ किमि माथि पर्छ । सुर्यविनायकबाट आउँदा सुर्यविनायक चोकदेखि यहाँसम्म जम्मा १८ किमि मात्र रहेको छ। लुबू–ग्वार्कोबाट आउने हो भने यो बाटो अरु बाटो भन्दा ९–१० किमि छोटो पर्छ।
डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापा
Facebook Comment