तरकारी र फलफूलमा लगाइएको भ्याट खारेज
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफूलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन्।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफूलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन्। यस्तै सरकारले मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको छ।
प्रतिक्रिया
Facebook Comment