घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

डिसी नेपाल
१७ जेठ २०८१ ७:१९

कैलाली। विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ।

घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए। उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन्।

यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या तीन सय ८१ पुगेको छ।

गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *