विमानको इन्जिनमा फसेर एक व्यक्तिको मृत्यु
काठमाडौं । नेदरल्याण्डमा बुधबार केएलएम एयरलाइन्सको उडानको इन्जिनमा फसेर एक जनाको मृत्यु भएको छ । विमान केएल १३४१ एम्स्टर्डम विमानस्थलबाट डेनमार्कका लागि उडान भर्ने क्रममा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको एयरलाइन्सले जनाएको छ । नेदरल्याण्ड प्रहरीले पनि यस विषयमा अनुसन्धान गर्नेछ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एक अधिकारीले मृतकको अझै सनाखत हुन नसकेको बताए । उनले आत्महत्या वा दुर्घटना हो भन्न हतार भइसकेको बताए ।
अर्कोतर्फ उडानबाट सबै यात्रुलाई सकुशल अवतरण गरि डेनमार्क जाने योजना रद्द गरिएको छ ।
केएलएम एयरलाइन्सको यो विमान एम्ब्रेयर इआरजे-१९० थियो जुन दुई इन्जिन भएको जेट थियो। एयरलाइन्सका अनुसार यो जेटमा १०० जनासम्म चढ्न सक्छन् । यसलाई सिटीहोपर भनेर चिनिन्छ, किनकि यो युरोप भित्र छोटो उडानका लागि प्रयोग गरिन्छ।
Facebook Comment