मांगलिकदोष र प्रभाव : जन्मकुण्डलीमा मंगलको प्रभाव

अमेरिकाबाट नेपाली राशिफल

मानिसमा जन्मँदाको समयका आधारमा भूत, भविष्य र वर्तमान ज्ञान गर्ने कार्याकार्यको ज्ञान हुने प्राचीन वैज्ञानिक पद्धति नै ज्योतिष हो, जो पूर्वीय शास्त्रीय चिन्तनको अलौकिक ज्ञानराशि पनि हो।

जातक जन्मँदाको अवस्थालाई गणना गरी उसको कुण्डलीका आधारमा भोग्याभोग्य अवस्थाको ज्ञान गर्न सकिन्छ। यही सन्दर्भलाई अर्थात् जन्मकुण्डलीलाई आधार मानेर नवग्रहले पार्ने प्रभावको गणना गरिन्छ।

त्यस्तै अष्टयोगिनीको पनि यही जन्मसमयको आधारमा नै गणना गरिन्छ। जन्मँदै लिएर आएको सुकर्म वा दुष्कर्मको प्रभावलाई शास्त्रीय उपचारपद्धति अपनाएर निराकरण गर्न सकिन्छ। यस्तै जन्मावस्थाको आधारमा नै मंगली नामक योग (दोष ?) बन्दछ।

मंगलीको प्रभाव जातकमा कुण्डलीको भावानुसार बसेको स्थानका आधारमा भिन्नभिन्न हुने गर्दछ। मंगली दोषले जातक स्त्री वा पुरुष जुनकुनैलाई पनि प्रभाव पार्दछ। मंगलीदोष भएका जातकहरुमध्ये पुरुषलाई भन्दा स्त्रीलाई अधिक दुष्प्रभाव पारेको देखिन्छ।

यदि जन्मकुण्लीको लग्न,चतुर्थ, सप्तम, अष्टम तथा द्वादश भावमा मंगल बसेको छ भने मंगलीदोष भएको मानिन्छ। यहाँको लेखमा जातक भन्नाले

स्त्री,पुरुष दुवैलाई जनाइएको छ।
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे।

यस्तै गरि द्वितीय स्थानमा मंगल बसेको छ भने कतिपय विद्वान्हरुले मंगलीदोष नै मान्नुपर्ने तर्क दिएका छन्। यद्यपि अन्य ग्रहहरुको संयोगले मंगलले पार्ने प्रभाव भने धेरथोर हुन्छ नै।

मंगलको प्रभावले मंगलीदोष बन्ने भए पनि यसकै आधारमा अन्य दोषहरु पनि बन्दछन् र प्रत्येक भावमा बसेको मंगलले अलगअलग गुणदोष प्रदान गर्दछ। प्रत्येक स्थानमा (भावमा) बसेको मङ्गलले पार्ने प्रभावअनुसार सुकर्म र दुष्कर्ममा प्रभाव पार्दछ।

– लग्न (प्रथम भाव वा लग्नस्थ) मा बसेको मंगलको प्रभाव

जुन स्त्रीको जन्मकुण्डलीको लग्नमा मंगल बसेको छ त्यस जातकको स्वभाव ऐश्वर्यरहित, कुत्सिक कर्मरता, अंगविकार भएका, कुरुपा, अहंकारी, रक्तविकारले पीडित हुने गर्दछ। लग्नमा बसेको मंगलका साथमा राहु या सूर्य छ भने अवश्यमेव वैधव्य प्रदान गर्दछ। त्यस्तै लग्नस्थ मंगलका साथमा राहु वा केतु रहेको छ भने पुत्रनाशक योग पनि बन्दछ।

लग्नाश्रितो भूतनयः प्रसूते नारीमहारक्तसुः दुःखिताङ्गीम्।
गतः प्रभावां पतिनां निरस्तां सुदुर्भर्गां गर्भसमन्वितां च।।

– धन (द्वितीय स्थानमा बसेको) मंगलको प्रभाव

जुन जातकको जन्मकुण्डलीको धनभावमा मङ्गल बसेको छ, त्यस्ता जातकहरु आंशिक मंगलीदोषले युक्त मानिन्छन्। उनीहरु धनाढ्या, दुष्ट स्वभाव भएका, विभिन्न रोग, ईर्ष्या, क्लेशयुक्त भईकन कामवासनामा लिप्त रहनेवाला हुन्छन्।

धनाश्रितो भूतनमो विशालां धनेन हीनां कुरुते कुकान्ताम्।
पराधिकां कामपारंसरोगाम् क्लोशाधिकां क्लेश विवर्जितां च।।

द्वितीय भावमै बसेको मंगलका साथमा चन्द्रमा पनि भए धेरै छोरा हुन्छन्। बुध, बृहस्पति वा शुक्रमध्ये कुनै एक भए सौभाग्य प्राप्त हुन्छ भने राहु, केतुमध्ये कुनै एक बसेको भए दरिद्रता प्रदान गर्दछ। मंगल मात्रै द्वितीय स्थानमा बसेका जातकहरुको अग्निजन्य दुर्घटनामा पुत्रवियोग हुन सक्छ।

– भ्राता (तृतीय भाव)मा बसेको मंगलको प्रभाव

जुन जातकको कुण्डलीको तृतीय भावमा मंगल बसेको छ, उसका सन्तति कुकर्ममा रत रहने हुन्छन्। आफै स्त्रीचाहिँ सौभाग्यवती, आफन्तहरुसँग मेलमिलाप गर्ने, सुशील, उदारमना, निरोगी हुने गर्दछे।

तृतीयसंस्थ कुरुते कुपुत्राम् ,नारी नितान्तः सुभगां सुशीलाम्।
बन्धु प्रिया साधुरतां प्रशस्ताम् विहीनरोगां प्रथितः प्रभावाम्।।

तृतीयस्थ मंगलका साथमा सूर्य, चन्द्रमा, बुध, गुरु, शुक्रमध्ये कुनै एक ग्रह बसेका छन् भने धन र पुत्र प्रदान गर्दछ। राहु, केतु शनिजस्ता पापग्रह बसेका छन् भने पनि राम्रै फल प्रदान गर्दछ। तर, आफन्तसँग भने झगडा गराउन सक्छ। यद्यपि, भ्रातस्थानमा बसेको मंगलले अनुज प्रदान गर्दछ। अनुजसँगको सम्बन्धलाई पनि बिगार्ने मारक योग बनाउँदछ।

– सुहृत् (चतुर्थ भाव)मा बसेको मंगलको प्रभाव

जुन जातकको जन्मकुण्डलीको चतुर्थ स्थानमा मंगल बसेको छ भने त्यस्ता जातकलाई मंगलीदोषयुक्त मानिन्छ। यहाँको मंगलले अनेकौं प्रयत्न गर्दा पनि कर्ममा असफलता, अत्यन्त दुःखी, धर्मकर्मरहित बनाउँछ। शीलस्वभाव नभएको कुलाङ्गार दोष प्रदान गर्दछ। यस्तो मंगलीलाई मजेत्रेमंगली भनिन्छ।

चतुर्थगो भूतनयः प्रसूते नारी हतासां हृतकर्मकृत्याम्।
सौखेन हीना मघनां विशालाम् जनैर्निरस्तां सतानं सरोगाम्।।

चतुर्थ स्थानमा मंगलको साथमा सूर्य बसेको छ भने यस्ता जातकहरुको मरण कुनै पनि मार्गमा दुर्घटना भएर हुन सक्छ। यदि, चतुर्थ मंगलका साथमा शनि बसेको छ भने दुग्धरहिता हुने देखिन्छ। राहु या केतु बसेको छ भने पुत्रलाई उन्नतिप्रगतिमा बाधक गराउने हुन्छ।

– विद्या (पुत्र, पञ्चम भाव) मा बसेको मंगलको प्रभाव

जुन जातकको लग्नकुण्डलीको पञ्चम भावमा मंगल बसेको छ, त्यस जातकका सन्तति दुष्टस्वभावका दयारहित, पापकर्ममा रमाउनेवाला र शास्त्रविरुद्धका कार्य गर्नेवाला हुन्छन्।

सुताश्रितो भूतनयः प्रसूते नारी कुपुत्रां कृपयाविहीनाम्।
कुसङ्ति पापविधानरक्ताम् श्रुतेन हीनां हतबन्धुवर्गाम्।।

यद्यपि, पञ्चमस्थ मंगलका साथमा सूर्य बसेको छ भने गर्भ तुहिने गराउँदछ। चन्द्रमा बसेको छ,भने धेरै छोरी हुन्छन्। बुध, बृहस्पति वा शुक्र बसेको छ भने धेरै सन्तान उत्पन्न हुन्छन्। शनि, राहु केतुजस्ता पापग्रह बसेका छन् भने प्रथम गर्भ तुहिने वा बिग्रिने गर्दछ। पञ्चम वा एकादश भावमा मंगल बसेको छ भने पुत्र प्रदान गर्दछ तथा विनाश पनि गर्दछ। क्रम…

राशिफल (जुन १देखि १५सम्म)

मेष राशि: चु,चे,चो,ला,लि,लु,ले,लो,अ

प्राविधिक क्षेत्रमा लगाएको लगानीबाट लाभ मिल्ने छ। धार्मिक कार्यमा सहभागिताको अवसर पाइने छ । तीर्थयात्राका योजनाहरु बन्नेछन्। राजनीतिक अप्ठ्यारोको सामाना गर्नु पर्ने देखिन्छ। कर्मप्रतिको आस्था बढ्नेछ। ग्रहको सकारात्मक प्रभावका कारण व्यापार व्यवसायमा आंशिक सफलता प्राप्तिको योग देखिन्छ। आफन्तको सहयोग पाउनुहुनेछ। सुख, समृद्धि वृद्धि होला।

वृष राशि: इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्यप्रतिको व्यस्तता बढ्नेछ। सामाजिक कार्यमा सहभागिताको अवसर मिल्ने छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट प्रतिफल सामान्य रहनेछ। बन्धुबान्धवको सहयोगबाट जटिल कामहरु बन्नेछन्। मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ। दाम्पत्य जीवनमा मनोमालिन्यता बढ्न सक्छ। महत्वपूर्ण कार्यमा व्यबधान आउनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। अनौठो यात्राको योग खुल्नेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

विलासिताका सामग्री जोडिएला। रोजगारीको क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। खानपिनमा अरुचिको सम्भावना रहनेछ। स्वास्थ्यविकारले मानसिक अशान्ति उत्पन्न हुनेछ। चिसोको समस्या उत्पन्न हुनेछ। पारिवारिक सम्बन्धमा सुधारको सङ्केत देखिन्छ। धनमान प्राप्तिमा अति श्रमको योग देखिन्छ। सामाजिक मान प्रतिष्ठा बढ्ने् देखिन्छ। चलचित्र तथा रङ्गमञ्चको क्षेत्रमा लगानीको अभिवृद्धि हुनेछ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

सौभाग्य वृद्धिको योग देखिन्छ। मित्रजनको सहयोग प्राप्त होला। कार्यमा सफलता मिल्नेछ। आकस्मिक यात्राको यजनाहरु बत्रेछन्। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा बाधा उत्पन्न होला। आर्थिक स्थितिमा सुुधार आउनेछ। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। अध्ययन अध्यापनमा राम्रो उन्नति हुनेछ। राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग छ। खेल मनोरञ्जनमा समय खर्चिएला।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

पारिवारिक दायित्व बढ्नेछ। आर्थिक क्षेत्रमा अप्ठेरो पर्न सक्छ। अचल सम्पत्ति किनबेचमा विशेष विचार पुर्‍याउनुहोला। मानसिक असन्तुष्टि बढ्न सक्छ। राजनीतिक घातप्रतिघातको सामना गर्नुपर्ला। मित्रमा मनोमालिन्यता बढ्नेछ। अध्ययनमा सफलता प्राप्तिको योग देखिन्छ। सामाजिक दायित्व थपिनेछ। आध्यात्मिक कार्यमा खर्च बढ्नेछ। घर घडेरी किनबेचको योग देखिन्छ। पारिवारिक सुख प्राप्ति हुनेछ। राज्यबाट मान सम्मान पाउने छ।

कन्या राशि: टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

वैदेशिक कार्यमा सफलता मिल्नेछ। न्यायिक क्षेत्रमा अल्झिएका कामहरु सुचारु हुनेछन् आध्यात्मिक यात्राको योग छ। स्वास्थ्यमा बाधा उत्पत्र हुने छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। मानसिक खित्रताले सताउनेछ। राजनीतिक विवादको सामना गर्नुपर्ला। सामाजिक दायित्वबाट विमुख हुने देखिन्छ।

तुला राशि: रा,री,रु,रे,रो,ता,ती,तु,ते

आय आर्जनको क्षेत्र सबल रहने छ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्ने देखिन्छ। उद्योग कल कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ। सन्तान सुख र आफन्तको सहयोगको मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। बौद्धिक विचारको आदानप्रदान होला। कूटनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। सामाजिक मान सम्मान र दायित्व बढ्ने देखिन्छ। पारिवारिक सम्बन्धमा सुधारका संकेतहरु देखापर्नेछन्।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

प्रेमी प्रेमिकाबीच सुमधूर सम्बन्ध कायम हुनेछ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। राजनीतिमा आपसी कलहले मानसिक खिन्नता बढ्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। धर्मकर्ममा रुचि बढ्ने छ। सामाजिक क्षेत्रमा लगानी बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्ने देखिन्छ। राजनीतिक अन्योलता यथावत् रहनेछ। शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागिताको अवसर प्राप्त हुनेछ। पारिवारिक सहयोग बढ्नेछ। गरगहना र विलासिताका सामानहरु खरीद गरिएला। रोकिएको कामहरु सुचारु हुनेछन्। आफन्तजनबाट सहयोग पाउनुहुनेछ। आध्यात्मिक यात्राको योग बन्नेछ। सामाजिक मान सम्मानमा आघात पर्न सक्ने छ। राजनीतिक असमझदारीका कारण मानसिक पीडा बढ्नेछ।

मकर राशि: भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

शैक्षिक क्षेत्रमा प्रशस्त अवसर हुनेछ। सामाजिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ। लामो र रमाइलो यात्राको योग छ। आफन्तजनबाट प्रशस्त सहयोग मिल्ने देखिन्छ। व्यापार व्यवसायमा आंशिक लाभ प्राप्त होला। तरल पदार्थको किनबेचमा अवरोध आउने देखिन्छ। कला साहित्य संगीतप्रति रुचि बढ्नेछ। विलासिताका सामान खरीदविक्रीको योग रहेको छ। आकस्मिक धमप्राप्ति होला।

कुम्भ राशि: गु,गे,गो,सा,सी,सु,से,सो,द

आय आर्जनमा सन्तुष्टि मिल्नेछ। व्यावसायिक कार्यमा लाभ प्राप्त हुनेछ। प्रेमीप्रेमिकाबीच आपसी तनावको अन्त्य हुनेछ। मान्यजनबाट सहयोगको प्राप्त होला। धर्मकर्ममा रुचि बढ्नेछ। शैक्षिक कार्यमा लगानीको योग देखिन्छ। सभा सम्मेलनमा तपाईंको सहभागिता बढ्नेछ। राजनीतिक अन्योलताले निराश बनाउनेछ। न्यायिक कार्यबाट सफलता मिल्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला।

मीन राशि:  दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

सामाजिक कार्यप्रति लगाव बढ्नेछ। मित्रजनबाट धोका पाइएला। लामो समयदेखि नबनेको काम बन्ने छ। मानसिक खिन्नता बढ्ने देखिन्छ। कूटनीतिक प्रयासहरु सफल हुनेछन्। सामाजिक क्षेत्रमा मान सम्मान प्राप्ति हुनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। आध्यात्मिक कार्यमा सफलता मिल्नेछ। अचल सम्पत्ति खरिदबिक्रीको गर्ने योगे छ। गरेका कार्यबाट सन्तुष्टि प्राप्त हुनेछ। चिसोबाट सावधान रहनुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *