माधव नेपाल आफूहरूसँग सल्लाह गरेरै देउवालाई भेट्न गएको प्रधानमन्त्रीको खुलासा

डिसी नेपाल
१८ जेठ २०८१ १४:२१

काठमाडाैं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरुले राखेको जिज्ञासाको जवाफमा दाहालले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्ता समीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेकाे माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउन निर्देशन दिएको पाण्डेले बताए।

बैठकमा १२ जना सांसदहरुले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री बर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *