ट्रम्पलाई सजाय सुनाइयो भने उनको चुनावी अभियान के हुन्छ ?

डिसी नेपाल
२१ जेठ २०८१ १६:२६

काठमाडौं । न्युयोर्कमा भएको ऐतिहासिक मुद्दामा दोषी ठहरिएपछि पनि ट्रम्पको राष्ट्रपति बन्ने चुनावी अभियान जारी रहनेछ । ट्रम्पका एक वकिलले बीबीसीसँग यस्तो बताएका हुन् ।

अदालतले ट्रम्पलाई २०१६ को चुनावी अभियान अघि पोर्न स्टार स्टर्मी डेनियललाई घूस दिनका लागि व्यापारिक अभिलेख झुटा गरेकोमा दोषी ठहर गरेको छ ।

ट्रम्प अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति हुन्। तर, ट्रम्पले यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र अदालतमा ठगी भएको बताएका छन् ।

ट्रम्पका वकिल एलिना हुब्बाले बीबीसीलाई बताएअनुसार ट्रम्प ‘राजनीतिक र छनौट अभियोगको शिकार भएका छन्।’

म्यानहट्टनको अदालतमा ७ हप्ताको अदालती कारबाहीपछि ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर भएका छन् ।

ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइनेछ। यद्यपी ट्रम्पले अदालतको यस निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् ।

अदालतको कारबाहीका क्रममा ट्रम्पसँगै रहेकी अधिवक्ता हब्बाले ट्रम्प जेल गए पनि नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी जारी राख्ने बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *