कांग्रेस सांसद गाैतम भन्छन्-मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन
काठमाडाैं। नेपाली कांग्रेसका सांसद सञ्जय गौतले मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद गौतमले सुशासनको प्रत्याभूति गर्दै जनतामा आशा बढाउन नसके मुलुक दुर्घटनातर्फ जाने भन्दै मुलुकलाई जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।
उनले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गर्दै संघीयता, निर्वाचन प्रणाली लगाएका बिषयमा छलफल गरेर संशोधनको बाटोतर्फ अघि जानुपर्ने बताए।
देशमा पटक पटक गठबन्धन र सरकार परिवर्तन भएपनि जनतामा भने कुनै आशाको सञ्चार नभएको उनको भनाइ छ। सांसद गौतमले जनतामा आशा र भरोषा दिलाउनका लागि पनि दलहरु गम्भीर हुनुपर्ने जनाए।
त्यस्तै राप्रपा सांसद विक्रम पाण्डेले राष्ट्रिय सहमतिका साथ आफूले गरेको गल्तीलाई स्वीकार गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए। उनले देशलाई समस्याबाट मुक्त गर्नका लागि सवै दलहरु गम्भीर हुनुपर्ने उल्लेख गरे। उनले गणतन्त्ररुपी गाडीको तेल सकिसकेको भन्दै गन्तव्यमा पुर्याउन नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए।
Facebook Comment