मोदीले दिए राजीनामा

डिसी नेपाल
२३ जेठ २०८१ १६:३७

काठमाडौं। लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन्।

मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ। यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ।

भाजपासहितको गठबन्धनले भने २९३ सिटसहित बहुमत हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *